भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४ जना अधिकृत कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।
बिज्ञापन
मन्त्रालयले असोज १४ गते गरेको निर्णयअनुसार सात जना प्रमुख प्रशासकीय अधिकृतसहित १४ जना शाखा अधिकृतलाई विभिन्न स्थानीय तह, मन्त्रालय, विभाग तथा सरकारी कार्यालयमा नयाँ जिम्मेवारी दिएको हो।निर्णयअनुसार स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत तथा अन्य कार्यालयमा रहेका केही कर्मचारीलाई सरुवा गरिएको छ भने केहीलाई आवश्यकताका आधारमा नयाँ कार्यालयमा कामकाजका लागि खटाइएको मन्त्रालयले जनाएको छ।सरुवा तथा कामकाजमा खटाइएका कर्मचारीले सम्बन्धित कार्यालयमा हाजिर भई तोकिएको जिम्मेवारी सम्हाल्नुपर्नेछ।
बिज्ञापन
मन्त्रालयले प्रशासनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा कर्मचारी व्यवस्थापनलाई व्यवस्थित गर्ने क्रममा पछिल्लो निर्णय गरेको हो।































