सरकारले १७ जना सहसचिवको सरुवा तथा कामकाजमा हेरफेर गरेको छ।
बिज्ञापन
मन्त्रिपरिषद्को २०८३ असार १३ गतेको निर्णयअनुसार राजपत्रांकित प्रथम श्रेणीका सहसचिवहरूको सरुवा तथा कामकाजमा हेरफेर गरिएको हो।सरुवामा हुनेमा १६ जना प्रशासनतर्फका र एक जना प्राविधिकतर्फका सहसचिव छन्। सरुवाका सूची अनुसार,गृह मन्त्रालयबाट मेखबहादुर मंग्राती र आनन्द सारु अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सरूवा भएको हो। गृहमा भने राष्ट्रपति कार्यालयबाट कृष्णबहादुर शाही र महालेखा नियन्त्रक कार्यालयबाट सहमहालेखा नियन्त्रक विष्णुप्रसाद ज्ञवाली गृहमा पुगेका छन्।यस्तै सरुवाको सूची अनुसार,प्रदेशबाट जीवलाल भुसाल उर्जा मन्त्रालयमा इन्ट्री भएका छन् । रामकृष्ण पुडासैनीलाई घोराही उपमहानगरपालिका र पुष्पराज शाहीलाई धरान उपमहानगरपालिका पुर्याइएको छ ।
बिज्ञापन

बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





























