अदालतका ३४ कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ । जसमा सहसचिव तहका तीन,उपसचिव तहका २ र शाखा अधिकृत तहका २९ जना रहेका छन् ।
सरुवाको सूची अनुसार, उच्च अदालत पाटनका रजिष्ट्रार डा अशोककुमार क्षेत्रीलाई सर्वोच्च अदालतको सहरजिष्ट्रारको जिम्मेवारी दिइएको छ भने उच्च अदालत पाटनको रजिष्ट्रारमा सर्वाेच्चबाट अर्जुनप्रसाद कोइराला पुगेका छन् । यस्तै उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका रजिष्ट्रार तारादत्त बडुको सर्वोच्च अदालतको सहरजिष्ट्रारका जिम्मेवारी पाएका छन् ।
यता उपसचिवस्तरका २ कर्मचारीको जिम्मेवारी हेरफेर भएको छ । फैसला कार्यान्वयन निर्देशनालयका निर्देशक रमेश श्रेष्ठ नुवाकोट जिल्ला अदालतको स्रेस्तेदार र दार्चुला जिल्ला अदालतका स्रेस्तेदार जानकीरमण यादव उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासको रजिष्ट्रारको जिम्मेवारी दिइएको छ । यस्तै, नवलपुर जिल्ला अदालतबाट टिकाराम पुन चितवन जिल्ला अदालत,उच्च अदालत,जुम्ला इजलासबाट सुशीला पाण्डे र जुम्लाबाट हरिकृष्ण तिमिल्सिनालाई सर्वाेच्चमा ल्याइएको छ । यी सहित २९ अधिकृत तहका कर्मचारीको विभिन्न अदालतमा सरूवा भएको हो।
बिज्ञापन






























