गण्डकीका प्रमुख सचिव बराल संघमा फिर्ता, सतर्कता केन्द्रको जिम्मेवारी

काठमाडौं । गण्डकी प्रदेशका प्रमुख सचिव भूपाल बरालको संघीय सरकारअन्तर्गत राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएको छ। सरकारले नेपाल प्रशासन सेवातर्फ सचिव पदमा बढुवा भएका आभा श्रेष्ठ कर्णलाई गण्डकी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेपछि बराललाई संघमा फिर्ता बोलाइएको हो।बराल प्रदेश सरकारको प्रमुख सचिवका रूपमा लामो समय बिताउने क्रममा भने छोटो अवधिमै फेरि संघमा फर्किएका छन्। उनी यसअघि बागमती प्रदेशको प्रमुख सचिवको जिम्मेवारीमा करिब साढे पाँच महिना बसेर संघमा आएका थिए।

बिज्ञापन

त्यसपछि गण्डकी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हाल्न पुगेका बराल असारअघि नै गण्डकीमा हाजिर भएका थिए। गण्डकीमा करिब साढे तीन महिना काम गरेपछि उनी राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएका हुन्।बागमती र गण्डकी प्रदेशमा गरी बरालको प्रदेश सेवाको अवधि करिब नौ महिना पुगेको छ। प्रदेशको प्रमुख सचिवको जिम्मेवारीमा रहेका सचिवलाई छोटो अवधिमै संघमा फिर्ता ल्याउने पछिल्लो अभ्याससँग बरालको सरुवालाई पनि जोडेर हेरिएको छ।यसअघि सचिवमा बढुवा भएका इन्दु घिमिरे, कालीप्रसाद पराजुली र रुद्रसिंह तामाङलाई संघमै पदस्थापन गरिएको थियो। तर यसपटक सचिवमा बढुवा भएकी आभा श्रेष्ठ कर्णलाई भने प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिइएको छ।

बिज्ञापन

आभालाई गण्डकी पठाइएसँगै त्यहाँ कार्यरत बराल संघमा तानिएका हुन्।सचिवको क्लष्टर परिवर्तन भएपछि प्रशासन सेवाबाट राष्ट्रिय सतर्कता केन्द्रमा आउने बराल पहिलो प्रमुख अधिकृत तहका सचिव बनेका छन्। यसले सचिवहरूको पदस्थापन र जिम्मेवारी बाँडफाँटमा पछिल्लो समय देखिएको नयाँ अभ्यासलाई पनि संकेत गरेको छ।प्रदेशमा खटाइएका सचिवलाई निश्चित अवधि पूरा नहुँदै संघमा फिर्ता ल्याउने क्रम पछिल्ला पदस्थापनमा देखिन थालेको छ। बरालपछि लामो समय प्रदेशमा जिम्मेवारी सम्हाल्ने सचिवमध्ये कर्णाली प्रदेशकी प्रमुख सचिव राधिका अर्यालको अवधि नौ महिनाभन्दा बढी पुगेको छ। अर्कोतर्फ शोभाकान्त पौडेलको गण्डकी र मधेश प्रदेशमा प्रमुख सचिवका रूपमा बितेको अवधि तीन महिना पनि पुगेको छैन।

यसरी प्रदेशको प्रशासनिक नेतृत्वमा सचिवहरूको पदस्थापनसँगै छोटो अवधिमै जिम्मेवारी परिवर्तन गर्ने अभ्यास बढ्दै गएको देखिन्छ। पछिल्लो निर्णयले प्रदेशमा प्रमुख सचिवको कार्यकाल र संघ–प्रदेशबीच सचिव व्यवस्थापनको विषयलाई पुनः चर्चामा ल्याएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

थप ८१ लेखा अधिकृतको सरुवा : १२ फाजिल व्यवस्थापन,४ कामकाज

फाजिलमा परेका नासुहरुको व्यवस्थापन गर्ने सामान्य प्रशासनको परिपत्र

८१ जना लेखा अधिकृतहरुको सरुवा (सूचीसहित)

प्रशासन र प्राविधिक सेवाका गरी २५५ कर्मचारीको सरुवा

सीइओ नियुक्तिका लागि अध्यादेशमार्फत ऐन संशोधन : सर्ट लिष्टमा परे पूर्वमन्त्रीदेखि निमित्त हाकिम

‘हाम्रै हातमा प्रहरी र सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्दछ’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

बिशेष