चालु बर्खे अधिवेशन अन्त्य गरेर अध्यादेशबाट संघीय निजामती सेवा ऐन ल्याउन लागिएको बिषयमा सांसदहरुले चासो राखेका छन् । ठुलो संख्यामा कर्मचारी कटौती हुने गरी ३० र ५५ को प्रावधान सहित सरकारले विधेयक अगाडि बढाइरहेको छ । निकै चासोका साथ हेरिएको कर्मचारीहरुको मूल कानसन अध्यादेशबाट ल्याउन खोजिएको भन्दै एमालेका सांसद गणेश सिंह ठगुन्नाले आपत्ति जनाएका हुन ।
बिज्ञापन
सरकारले ५५ वर्ष उमेर पुगेका वा ३० वर्ष सेवाअवधि पूरा गरेका कर्मचारीलाई स्वतः अवकाश दिने गरी विधेयकको मस्यौदा तयार पारेको छ। मस्यौदाले कानुन तथा अर्थ मन्त्रालयको सहमति पाइसकेको र हाल लोकसेवा आयोगको विमती रहेको बताइन्छ । यो प्रावधान हुबहु पारित भई कार्यान्वयनमा आए २०२८ सालअघि जन्मिएका र निजामती सेवामा कार्यरत कर्मचारी स्वतः अवकाशमा पर्नेछन्। ३० बर्से व्यवस्था लागु हुँदा २०५३ सालअघि सेवा प्रवेश गरेकाहरू पनि अवकाश हुनेछन्। झण्डै १३ हजार कर्मचारी अवकाशमा जानेछन् । यो विधेयकलाई कर्मचारी वृत्तमा चासोका साथ हेरिएको छ। कतिपय कर्मचारी राजीनामा हातमा लिएर बसेको बताइएको छ।
बिज्ञापन
संघीय निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउन लागिएको बिषयमा पूर्वमन्त्री गणेश ठगुन्नाले चासो र चिन्ता राखेका हुन । उनले संसद छलेर अध्यादेशबाट ऐन ल्याउने बिषय अलोकतान्त्रिक र असंसदीय हुने बताउँदै यसै अधिवेशनमा विद्येयक संसदमा पेश गर्न आग्रह गरेका हुन ।
ठगुन्ना पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री समेत हुन । एमालेको ग्रासरुट राजनीतिबाट उदाएका नेता ठगुन्ना ०७० र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा लगातार जित हासिल गरी ०७८ सालमा उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत बनेका थिए ।





























