बिज्ञापन
नेकपाका प्रमुख सचेतक युवराज दुललाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउमा कानुनी राज्यको उपहास भएको टिप्पणी गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा उनले बिनापक्राउपुर्जी, बिनाकारण पक्राउ गरेको बिषयमा सरकारलाई प्रश्नमाथि प्रश्न गरेका छन् ।
बिज्ञापन
प्रमुख सचेतक दुलालले पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा पक्राउ गर्ने र बिनाकारण छाड्ने सरकारको कदमले लोकतन्त्रको उपहास गरेको बिषयमा असन्तृष्टि पोख्दै देश कानुनी बाटोमा हिँड्दैछ कि अराजकतको बाटोमा भन्ने प्रश्नको जवाफ माग गरेका छन् । सदनबाट उनले सोधे,मध्यरातमा पक्राउ गरेर ११ घण्टामै छोडिएको प्रति आपत्ति जनाउँदै सोधे, “के खाएपछि मध्यरातमा जोस आउँछ, मध्याह्नमा होस आउँछ ?
उनले सुरक्षा थ्रेट दिनेलाई गिरफ्तार गरिन्छ कि सुरक्षा थ्रेट हुनेलाई भन्ने प्रश्न गरे । “यो दादागिरीको अन्त्य हुनुपर्छ । जेनजीको थ्रेटबारे सोधे, “कतै सरकारी जेनजीकै सुरक्षा थ्रेट त होइन ? ”





























