बिज्ञापन
प्राविधिकतर्फको सचिव बढुवा प्रक्रिया अगाडि बढेको छ । लामो समयदेखि प्राविधिकतर्फको सचिव बढुवा अवरुद्ध हुँदै आएकोमा आज बसेको सचिव सचिव बढुवा सिफारिस समितिले तीन जना बरिष्ठ सहसचिवको नाम सचिव बढुवाका लागि सिफारिस गरेको छ । प्राविधिक तर्फ रिक्त रहेको एक सचिव वरिष्ट सहसचिवहरु डा जगदिश्वर कर्माचार्य, नवीनराज सिह र मिना श्रेष्ठलाई सचिवका लागि सरकार समक्ष सिफारिस गरेको बढुवा समितिले जनाएको छ ।
बिज्ञापन
डा जगदिश्वर उर्जा निमित्त सचिव,नवीनराज सिंह लगानी वोर्ड र मीना श्रेष्ठ खानेपानी मन्त्रालयमा कार्यरत छिन् ।
प्राविधिकतर्फ रिक्त सचिव पदका लागि तीन जनाको नाम सिफारिस भएसँगै अब सचिव बढुवाको विषय मन्त्रिपरिषदमा जानेछ। प्रचलित व्यवस्थाअनुसार सिफारिस भएका तीन जनामध्ये एक जनालाई सरकारले सचिवमा बढुवा गर्नेछ। अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस भएका मध्ये पहिलो नम्बरमा रहेका कर्माचार्यलाई सचिवमा सिफारिस गर्ने सम्भावना रहेको छ ।





























