कर्मचारी प्रेसमा प्रकाशित समाचार सामाग्रीप्रति नागार्जुन नगरपालिकाका आलेप प्रेम बहादुर अधिकृतले आपत्ति जनाउनुभएको छ । विभिन्न मितिमा प्रकाशित तीन वटा समाचार सामाग्रीमा आपत्ति जनाउँदै एकपक्षीय समाचार समाग्री प्रकाशन भएको र आफूलाई भनाई समेत राख्न नदिदा समाचार सन्तुलित नभएको भन्दै समाचारको खण्डन गर्नुभएको छ ।
बिज्ञापन
भत्ताको बह्रमलुट,अख्तियारलाई चुनौति दिँदै,करोडौं तलब भत्ता बुझे जस्ता शब्दावलीले अत्यन्त गम्भीर र पूर्वाग्रह उत्पन्न गर्ने रहेको,आर्थिक कारोबार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सम्बन्धित बिषयमा समाचार प्रकाशन अगाडि कुनै भनाइ राख्ने मौका नदिएको उनीद्धारा प्रेषित खण्डनमा उल्लेख छ । कुनै अनुसन्धान,उजुरी वा छानबिनलाई नै आधार बनाएर आर्थिक अनियमितता गरिसकेको आधार लाग्ने गरी समाचार बनाएको उहाँले आपत्ति जनाउनुभएको छ । कुनै पनि आलेपले आफ्नै इच्छाले एक रुपैंया पनि एक रुपैंया पनि भुक्तानी गर्न सक्ने अबस्था नहुने उल्लेख गर्दै कर्मचारीको तलब,सेवा सुविधा,हाजिरी अधिकार प्राप्त अधिकारीको स्वीकृतिको आधारमा मात्र भुक्तानी हुने बिषय रहेको उल्लेख गर्दै कस्को निर्णय र स्वीकृतिमा भुक्तानी भएको हो ? यस्ता प्रकारको भुक्तानी कुन कुन कर्मचारीले प्राप्त गरेका थिए ? त्यसमा आफ्नो भूमिका के थियो तथ्यको प्रर्याप्त परीक्षण नगरी अपूर्ण र एकपक्षीय समाचार प्रकाशन भएको आफ्नो जिकिर रहेको प्रेसित खण्डनमा उल्लेख छ ।
बिज्ञापन
आफू नगरपालिकामा कार्यरत रहि आर्थिक प्रशासनलाई अनुशासित,पारदर्शी र व्यवस्थित बनाउने तथा अनावश्यक कानूनसम्बत आधार नभएको खर्च नियन्त्रण गर्ने उदेश्यले पदीय जिम्मेवारी पूरा गर्दै आएको उल्लेख गर्दै ८२ साल भदौं ११ मा ४३ पृष्टको आन्तरिक लेखापरीक्षण प्रतिवेदन पेश गरेकोमा भदौं २७ मा छापा हानेर अख्तियारले कागजात नियन्त्रण लिएकोमा सो प्रतिवेदनबाट केही बिषय संशोधन गर्न तथा हटाउन कार्यबहाक नगरप्रमुख र प्रशासकीय अधिकृतबाट दबाब आएकोमा आफूले संशोधन गर्नु पर्ने कुनै आधार नदेखेको कारण निराधार आरोप लगाइ दरबन्दी रहेको मुसिकोट नगरपालिकामा फिर्ता गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरिएको,सो पछि पालिकाले आफूलाई जिम्मेवारविहिन बनाइएको र नगरपालिकाको अनियमितता नियन्त्रणको प्रयास गर्दा उल्टै पालिकाले बेनामी उजुरी दर्ता गरिएको र सोही आधारमा कर्मचारी प्रेसमा समाचार लेखाइएको उहाँको भनाई प्राप्त भएको छ । समाचारमा उल्लेख गरिएझैं आफू कार्यालयमा अनुपस्थित नरहेको र प्रमाणका रुपमा बिदा निबेदन,डिजिटल हाजिरी सुरक्षित रहेको हुँदा तथ्यमा पूर्णता सन्तुलन कायम नभएको उहाँद्धारा प्रेषित खण्डनमा उल्लेख छ ।
यद्यपि कर्मचारी प्रेसले नागार्जुन नगरपालिकाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई गरेको पत्राचारमा टेकेर समाचार बनाएको हो । पालिकाका कावा मेयर र प्रमुख प्रशासकीय अधिकृतले मन्त्रालयलाई गरेको पत्राचारमा,रुकुम जिल्लाको मुसिकोट नगरपालिकामा दरबन्दी राखेर लामो समयदेखि सोही नगरपालिकामा रहेको,मुसिकोट नगरपालिकाबाट तहबृद्धि समेत भइसकेको अवस्थामा दरबन्दी फिर्ताका पत्राचारको पत्र,उहाँले पालिकाबाट लिनु तथा बुझ्नुभएको सुविधा नियम विपरित रहेको,अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भेटिएसँगै तिनै उजुरीका साथैं सूत्र प्रणालीबाट प्राप्त मलेप फारम २०७ बमोजिम उहाँको नामबाट निकासा भएको तलब कर्मचारी प्रोत्साहन,बैठक भत्ता,अनुगमन भत्ता,भ्रमण भत्ता,नगर सभा भत्ता,सूत्रमा इन्ट्री गरे वापतको प्रोत्साहन भत्ता,सञ्चार,इन्टरनेटर,सवारी साधन मर्मत खर्च,विविध,खाजा खर्च लगायका शीर्षकमा चार बर्षमा ७६ लाख ९९ हजार ६५ रुपैंया ६ पैसा भुक्तान भएको भेटिएपछि सो बिषयमा यस क्षेत्रका जानकार, सम्बन्धित नगरपालिका,महालेखा,अख्तियार,सामान्यका अधिकारीहरुसँग समेत सोधेर,बुझेरै समाचार लेखिएको हो । पालिकाबाट प्राप्त विवरणमा उहाँले आर्थिक बर्ष ७९/८० मा इन्धन वापत प्रति महिना ३० लिटर सुविधा पाउनेमा ८१६ लिटर बढी इन्धन सुविधा लिएको,यस्तै आर्थिक बर्ष ८०/ ८१ देखि ८२ /८३ सम्ममा इन्धन सुविधा वापतमात्र ११७१ लिटर बढी सुविधा लिएको देखिएपछि यो बिषयमा कर्मचारी प्रेसले कलम चलाएको हो । यही बिषयमा अख्तियार लगायतका निकायमा परेका उजुरीका आधारमा समेत समाचार बनाइएको स्पष्ट पार्न चाहन्छौं ।
कुनै पनि उजुरीहरु आफैंमा अनियमितताको प्रमाण होइनन् तर ती बिषय छानबिनका विषय अवश्य हुन । मिडियाले यी र यस्ता अनियमितताको बिषय सार्वजनिक गर्नु उचित मानेर प्रकाशन गरिएको हो ।
बिज्ञापन

यद्यपि ती समाचारहरुमा उहाँको भनाई राख्न छुटेकोमा क्षमा चाहन्छौं । प्रस्तुत समाचार सामाग्रीले प्रेम बहादुर गिरी र उहाँको व्यक्तिगत,पारिवारिक तथा सामाजिक जीवनमा पर्न गएको असुविधा प्रति क्षमा याचनासहित हामीलाई प्राप्त भएका प्रमाण र उहाँको खण्डन सामाग्री जस्ताको तस्तै स्थान दिएको छ ।































