बिज्ञापन
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई महाराजगन्ज स्थित उनको घरबाट पक्राउ गरेको हो । उनी विरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको बताइएको छ । सोही उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको भए पनि उजुरीको विवरण खुलेको छैन ।
बिज्ञापन
जबरालाई पक्राउपछि काठमाडौंकै एक प्रहरी कार्यालयको हिरासतमा राखिएको जनाइएको छ । राति अकस्मात् आएको मौखिक आदेशपछि जबरा पक्राउ परेका हुन् ।
उनी २०७५ पुस १८ देखी प्रधान न्यायाधीशको कार्यभार सम्हालेका जबरा २०७८ फागुन १ मा संसद्मा महाअभियोग दर्ता भएपछि निलम्बनमा परेका थिए । उनी विरुद्धको महाअभियोग पारित भएन तर, त्यसपछि उनी सर्वोच्च अदालतमा फर्किन पाएनन् ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





























