छानबिनमा तानिए प्रशासकीय अधिकृत,लेखापाल र कम्युटर अपरेटर

सरकारी अभिलेखमा किर्ते तथा अनाधिकृत हेरफेरको आरोपमा तीन कर्मचारीमाथि छानबिन प्रक्रिया अगाडि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट जारी भएको नागरिकताको सरकारी अभिलेखमा किर्ते तथा अनधिकृत हेरफेर गरेको आरोपमा प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्मा, लेखापाल रमेश बिक र कम्प्युटर अपरेटर विष्णुप्रसाद चापागाईंमाथि छानबिन अघि बढेको हो ।

बिज्ञापन


जिल्ला प्रशासन कार्यालय स्याङ्जाका अनुसार,दोहोरो नागरिकता प्रकरणमा जोडिएका एक सेवाग्राहीलाई यी कर्मचारीहरुले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर सरकारी अभिलेखमा किर्ते तथा अनधिकृत हेरफेर गरिएको छानिबनबाट खुलेको जनाइएको छ । मन्त्रालयको प्रणालीमा रहेको नागरिकताको अभिलेखमा समेत हेरफेर गरिएको विषयमा कर्मचारीको भूमिकामाथि अनुसन्धान भइरहेको उनले बताए ।
त्यसको केही महिनापछि २०५७ भदौ २५ गते पोखरा लेखनाथ महानगरपालिका–७, कास्की स्थायी ठेगाना उल्लेख गरी कास्कीबाट अर्को नागरिकता लिएको देखिएको छ ।

बिज्ञापन


कास्की र स्याङ्जा प्रशसनबाट नागरिकता लिएको सेवाग्राहीको नागरिकता रद्द भएको भए त्यसको कानुनी आधार, अपनाइएको प्रक्रिया, निर्णय गर्ने अधिकारी, रद्द गर्नुको कारण तथा त्यसलाई पुष्टि गर्ने प्रमाणसहितका कागजात उपलब्ध गराउनसमेत कास्की प्रशासनले पत्राचार गरेसँगै यसमा कर्मचारीहरुबाट गडबडी भएको खुलेको हो । यो घटनामा संलग्न कर्मचारीको भूमिकाबारे छानबिन गरी आवश्यक कारबाहीका लागि प्रहरी कार्यालयमा प्रतिवेदन पठाइएको छ । सरकारी कागजातमा किर्ते वा अनधिकृत हेरफेरजस्तो कसुर प्रमाणित भए सम्बन्धित व्यक्ति कानुनी कारबाहीको भागीदार हुने जिल्ला प्रशासनले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

थप ८१ लेखा अधिकृतको सरुवा : १२ फाजिल व्यवस्थापन,४ कामकाज

फाजिलमा परेका नासुहरुको व्यवस्थापन गर्ने सामान्य प्रशासनको परिपत्र

८१ जना लेखा अधिकृतहरुको सरुवा (सूचीसहित)

प्रशासन र प्राविधिक सेवाका गरी २५५ कर्मचारीको सरुवा

सीइओ नियुक्तिका लागि अध्यादेशमार्फत ऐन संशोधन : सर्ट लिष्टमा परे पूर्वमन्त्रीदेखि निमित्त हाकिम

‘हाम्रै हातमा प्रहरी र सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्दछ’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

बिशेष