विपद्मा खटिएका सुरक्षाकर्मी- कर्मचारीको तलब काटियो

प्रधानमन्त्री राहत कोषमा झण्डै १५ अर्ब रकम थुपारेर राखेको छ सरकारले । सो कोषमा निजामती कर्मचारीहरुले मात्र ३६ करोड योगदान गरेका छन् ।नेपाल प्रहरीका तल्लातहदेखि माथिल्लो तहसम्मको गरी तलब काटेर ४० करोड,सशस्त्र प्रहरीले १५ करोड तलब काटेरै कोषमा सहयोग गरेको छ । सो कोषमा नेपाली सेनाको तर्फबाट सहयोग भए वा नभएको अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन ।

बिज्ञापन


बाढी प्रभावितको राहत र पुन स्थापनाका लागि राष्ट्रसेवक कर्मचारीहरूको श्रेणीअनुसार भदौं महिनाको २ देखि १० दिनको तलब कट्टा गरिएको थियो । जस अनुसार,श्रेणीविहीन कर्मचारीको तलब २ दिनको काटिएको छ भने राजपत्रांकित अनंकित (नायव सुब्बा र सो सरह)का कर्मचारीको ५ दिनको तलब काटिएको छ । यस्तै शाखा अधिकृत र उपसचिवस्तरका कर्मचारीहरुको सात दिनका तलब काटेर प्रधानमन्त्री राहत कोषमा जम्मा गरिँदा सहसचिव र सचिव तहका कर्मचारीको १० दिनको तलब काटिएको छ,गत भदौंमा । संघीय सरकारका कर्मचारीहरूबाट मात्रै करिब ३६ करोड रूपैयाँ संकलन हुने अनुमान गरिएको छ ।
यस्का अलवा प्रहरी प्रधान कार्यालयले भोटेकोशी बाढी पहिरो प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ र सशस्त्र प्रहरीले सो कोषमा साढे १५ करोड रकम दिने निर्णय गरेका हुन । विपद्पछि झन् दोब्बर काम गर्ने प्रहरी परिचयदेखि आइजिपीसम्मको मासिक पारिश्रमिकबाटै सो रकम काटेर प्रधानमन्त्री कोषमा जम्मा गरिएको हो । दुवै प्रहरी संगठनले निर्णय गर्दा तह अनुसार न्युनतम् तीन दिनदेखि अधिकतम १५ दिनसम्मको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा दाखिला गरेका हुन ।

बिज्ञापन

परिचरको तीन दिन, जवानदेखि वरिष्ठ हल्दारसम्मको पाँच दिन,असईदेखि,वरिष्ठ सईको सात दिनको, ईस्पेक्टरदेखि एसपीसम्मको दश दिनको, एसएसपीदेखि डीनजीसम्मको १२ दिनको र आइजीको १५ दिनको मासिक पारिश्रमिक राहत कोषमा जम्मा गरिँदा नेपाल प्रहरीतर्फ महानिरीक्षकदेखि कार्यालय सहयोगीसम्मको तलब काटेर ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा सहयोग गर्ने निर्णय भएको छ । आइजीदेखि एसएसपीसम्मका १५, डिएसपी र इन्स्पेक्टरको १२ दिन तलब कटौती गरेर कोषमा जम्मा गरिनेछ । त्यसैगरी, वरिष्ठ सईको आठ, नायव निरीक्षक र सहायक निरीक्षकको ६, हवल्दार र जवानको पाँच, कार्यालय सहयोगीको दुई दिनको तलब कट्टा गरिँदै छ । कूल ७६ हजार ८५५ प्रहरी कर्मचारीको तलब कटाउँदा हुन आउने ४३ करोड ३७ लाख ८१ हजार ७७९ मध्ये ४० करोड कोषमा र तीन करोड ३७ लाख ८१ हजार ७७९ रुपैयाँँ कल्याण कोषमा जम्मा गर्ने निर्णय छ । प्रहरीले दिवंगतका परिवारलाई जनही १० लाख रुपैयाँँ सहयोग गर्ने भएको छ ।


विपद्पछि तीनवटै सुरक्षा संयन्त्र उद्धारका लागि खटिएका छन् । भोकप्यास, थकान बिर्सिएर र ज्यानको बाजी थापेर उद्धारमा अहोरात्र खटिएका सुरक्षाकर्मीलाई नागरिकले त धन्यवाद दिएका छन् नै, सरकारले पनि मिहिनेतको कदर गर्दै छ । फिल्डमा खटिने सुरक्षाकर्मीका निम्ति सरकारले दैनिक खाजा र प्रोत्साहन भत्ताको व्यवस्था गरेको छ ।सेना, सशस्त्र र प्रहरीलाई खाजा खर्चबापत दैनिक एक हजार रुपैयाँँ दिइने भएको छ । त्यसैगरी, तलबको ५० प्रतिशतलाई ३० प्रतिशतले भाग लगाएर प्रोत्साहन भत्ता दिने भनिएको छ । यही प्रयोजनका लागि फिल्डमा खटिएकाको विवरण पठाउन देशभर सर्कुलर भइसकेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

थप ८१ लेखा अधिकृतको सरुवा : १२ फाजिल व्यवस्थापन,४ कामकाज

फाजिलमा परेका नासुहरुको व्यवस्थापन गर्ने सामान्य प्रशासनको परिपत्र

८१ जना लेखा अधिकृतहरुको सरुवा (सूचीसहित)

प्रशासन र प्राविधिक सेवाका गरी २५५ कर्मचारीको सरुवा

सीइओ नियुक्तिका लागि अध्यादेशमार्फत ऐन संशोधन : सर्ट लिष्टमा परे पूर्वमन्त्रीदेखि निमित्त हाकिम

‘हाम्रै हातमा प्रहरी र सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्दछ’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

बिशेष