स्थानीय तहमा समायोजन भएका खरिदारको सिडियो कार्यालयमा सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको सरुवामा कतिसम्म गडबडी देखिदैंछन् भन्ने अर्काे उदाहरण पनि सार्वजनिक भएको छ ।
संघीय सरकारले स्थानीय तहमा समायोजन भएका कर्मचारीको समेत सरुवा गरिदिएको पाइएको छ । स्थानीय तहमा समायोजन भएका कर्मचारीको अन्तर स्थानीय तह मात्र सरुवा हुने प्रावधान छ । स्थानीय तहमा समायोजन भएका कर्मचारीको अन्य प्रदेशमा समेत सरुवा हुन सक्दैनन् । एउटा स्थानीय तहबाट अर्काे स्थानीय तहमा सरुवा हुनका लागि समेत दोहोरो सहमतिको प्रावधान राखिएको छ ।तर तिनै खरिदारलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गृहमा सरुवा गरेर हालैमात्र जिल्ला प्रशासन कार्यालय सल्यानमा खटाएको भेटिएको छ ।

बिज्ञापन

गृह मन्त्रालयले गत असोज २ मा राजपत्रअनंकित तहका ७० जना कर्मचारीहरुको सरुवा गरेको थियो । सूची अनुसार,नासु तहका चार जना,कम्युटर अपरेटर २० र ४६ जना खरिदार तहका कर्मचारी रहेका छन् । जुन सूचीको ३३ औं नम्बरमा हेमन्त प्रकाश बस्नेतको नाम रहेको छ । कर्मचारी संकेत नम्बर २२८८९१ रहेका उनी केही अगाडि मात्र स्थानीय तहमा समायोजन भएका कर्मचारी हुन । उनैलाई गृह प्रशासनले जिल्ला प्रशासन कार्यालय सल्यानमा पदस्थापन गरेको हो । बस्नेत स्थानीय तहमा समायोजन भइ सल्यानको बागचौर नगरपालिका वडा नम्बर १ का सचिवका रुपमा कार्यरत रहेको अबस्थामा संघीय मामिला मन्त्रालयले सरुवा गरेको थियो । जबकी उनी केही वर्षअघि समायोजन भएर संघीयबाट स्थानीय तहमा गएका पुगेका हुन ।

बिज्ञापन

उनको सरुवा बारे जिज्ञासा राख्दा भने, ‘मन्त्रालयले सरुवाको फर्म खुलाएको रहेछ । मैले पनि भरेँको हुँ । यस अघि स्थानीय तहमा समायोजन भएकाले पुनः संघमा फर्कन मिल्ने भनिएको थियो । यसबीचमा मेरो बढुवा पनि भएको छैन । संघीय कर्मचारीमा फर्कन मिल्ने होला भनेर फर्म भरेको हुँ । अहिले पुनः स्थानीय तहमा राखिदिन,सरुवा रद्ध गरिदिन मन्त्रालयमा निवेदन दिएको छु ।’
बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर भट्टराईले ‘यो बिषय आफूले पनि सुनेको तर आधिकारिक पत्र प्राप्त नभएको जनाए । स्थानीय तहमा समायोजन भएका कर्मचारी,संघ सरकारले कसरी,के आधारमा सरुवा गरेको हो हामीलाई भन्दा संघीय मामिला मन्त्रालयलाई थाहा हुन्छ,उतै सोध्नु ।’

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भदौमै सक्नुपर्ने सरुवा असोजमा पनि जारी, सामान्य प्रशासन मन्त्रालयमा मनपरी

स्थानीय तहमा समायोजन भएका खरिदारको सिडियो कार्यालयमा सरुवा

प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियरसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

यस्ता छन सचिव बैठकका महत्वपूर्ण सात निर्णयहरु

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण : विज्ञ अटेनन्,स्वकीय छुटेनन्

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्ण पौडेल

आवश्यकताभन्दा १० लाख बढी ग्यास आयात, बजारमा भने अभाव : ग्यासमा कसको खेल?

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

बिशेष