अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

काठमाडौं । अर्थ मन्त्रालयले सोमबार ६ जना सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रालयले राजस्व प्रशासन, बजेट तथा महालेखा नियन्त्रणसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारीमा रहेका सहसचिवहरूको जिम्मेवारी परिवर्तन गरेको हो।

बिज्ञापन

ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक सहसचिव केदारनाथ शर्माले राजीनामा दिएपछि उनको स्थानमा भन्सार विभागका उपमहानिर्देशक प्रेमप्रसाद आचार्यलाई खटाइएको छ। आचार्यले अब ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासकको जिम्मेवारी सम्हाल्नेछन्।

बिज्ञापन

त्यस्तै, सहसचिव बन्धु बास्तोलालाई बजेट महाशाखाको जिम्मेवारी दिइएको छ। सुमन दाहाललाई राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ।

यसैगरी नारायण रिसाललाई भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ भने गोकुल बास्तोलालाई महालेखा नियन्त्रक कार्यालयमा खटाइएको छ।

बिज्ञापन

अर्थ मन्त्रालयले राजस्व संकलन, बजेट कार्यान्वयन तथा वित्तीय व्यवस्थापनसँग जोडिएका निकायमा जिम्मेवारी हेरफेर गरेको हो। सोमबार गरिएको जिम्मेवारी हेरफेरसँगै अर्थ मन्त्रालयअन्तर्गतका महत्वपूर्ण महाशाखा तथा निकायमा नेतृत्व परिवर्तन भएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

अर्काे सहसचिवले पनि दिए राजीनामा

उपत्यकाको ९ पालिका प्रमुखसहित ३५ उपसचिवको सरुवा

३५ उपसचिवको सरुवा : मन्त्रालयको सचिवालय हाबी भएको आरोप, सचिवलाई नै गुमराहामा राखिएको दाबी

अनलाइन सरुवा प्रणाली : रैथाने कर्मचारी चलाउने हिम्मत गरेन,अपाङ्ग कर्मचारीलाई पठायो स्थानीय तह

इन्जिनियर,लेखा अधिकृत र सब इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

यी सचिव,जस्लाई प्रदेश झर्नु परेन

उद्योगमा तामाङ, प्रधानमन्त्री कार्यालय पुगे दुवाडी

बिशेष