अनलाइन सरुवा प्रणाली : रैथाने कर्मचारी चलाउने हिम्मत गरेन,अपाङ्ग कर्मचारीलाई पठायो स्थानीय तह

  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइनबाटै कर्मचारी सरुवा गरिरहेको जिकिर गरेको छ । अनलाइनबाट सयौं कर्मचारीहरुको सरुवा गरिरहेको जिकिर गरिरहँदा सरुवामा देखिएका त्रुटीहरुका कारण सरुवा विवादमा पर्ने क्रम जारी छ । निजामती ऐन विपरित हरेक दिन जसो कर्मचारीको सरुवा गर्दै आएको मन्त्रालयले फरक क्षमताको एक कर्मचारी,जो उपचारको क्रममा छन् । वैशाखी/ह्विलचेयरको प्रयोग गरेर कार्यालय आउजाउ गरिरहेका छन्,तिनै अधिकृतलाई सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगबाट लखेटेर स्थानीय तहमा खटाएको पाइएको छ ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,सिंहदरबारभित्रै जरा गाँडेर बसेका केही अधिकृत,उपसचिवहरु लगायतका रैथाने कर्मचारीलाई चलाउने आँट र हिम्मत गर्न नसकेको मन्त्रालय फरक क्षमताको एक अधिकृतलाई सिंहदरबारबाट बाहिर निकालेर दुरदराजमा खटाएको पाइएको छ ।

बिज्ञापन

यस अघि एउटै पालिकामा दुई जना शाखा अधिकृत खटाएको मन्त्रालयले उद्योगमा दरबन्दी भएको उपसचिवको विभागबाट सरुवा गरेको समेत भेटिएको थियो । मन्त्रालयले गत असोज २ गते ३७ जना शाखा अधिकृतहरुको सरुवा गरेको थियो । सोही सरुवा सूचीको १० औं नम्बरमा देखिन्छ रमेश पराजुलीको नाम । उनलाई राष्ट्रिय योजना आयोगको समपुरक विशेष अनुदान शाखामा कार्यरत छन्,उनलाई बरेङ गाउँपालिका,बागलुङमा खटाइएको छ । २०७१ सालमा अपाङ्ग कोटाबाटै निजामती सेवामा शाखा अधिकृतमा पाइला राखेका उनी वैशाखीको साहरामा कार्यालय आउजाउ गर्दै आएका कर्मचारी हुन । गत वैशाख ६ मा दुर्घटनामा परेर उपचाररत रहेका उनलाई सिंहदरबारबाट निकालेर बागलुङ पुर्याइएको हो । उनै पराजुलीमाथि मानवीय संवेदनाको समेत ख्याल नगरी बागलुङको प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाइएसँगै सामान्य प्रशासनमा पुगेर त्यहाँका अधिकारीहरुलाई आफ्नो दुखेसो र अवस्था पोखेका छन्,पराजुलीले ।

बिज्ञापन

यस बिषयमा पराजुलीसँग जिज्ञासा राख्दा आफू लामो समयदेखि योजना आयोगमा कार्यरत रहेको, पिआइएसमा समेत शारिरिक अवस्थामा खाली राखिएको उल्लेख गरे । जबकी म अपाङ्ग कोटाबाटै निजामती सेवामा प्रवेश गरेको हुँ । यस अघि पनि पटक पटक सरुवा हुँदा आफ्नो समस्या राख्दा सच्चाइएको उल्लेख गर्दै यस पटक सरुवा उल्टनेमा आशावादी रहेको बताउँछन् उनी । भन्छन्,यो घटनाले यान्त्रिक सरुवामा ह्युमन टच पनि चाहिन्छ भन्ने देखाएको छ ।

यो बिषयमा मन्त्रालयका अधिकारिक धारणा लिनका लागि कर्मचारी प्रेसले पटक पटक सरुवा शाखासँग जोडिएका कर्मचारीहरुलाई सम्पर्क प्रयास गर्दा उनीहरुबाट कुनै प्रतिक्रिया प्राप्त हुन सकेको छैन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अनलाइन सरुवा प्रणाली : रैथाने कर्मचारी चलाउने हिम्मत गरेन,अपाङ्ग कर्मचारीलाई पठायो स्थानीय तह

इन्जिनियर,लेखा अधिकृत र सब इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

यी सचिव,जस्लाई प्रदेश झर्नु परेन

उद्योगमा तामाङ, प्रधानमन्त्री कार्यालय पुगे दुवाडी

सचिवको घुस काण्ड छानबिन गर्न उपसचिवको संयोजकत्वमा समिति

संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

४६ खरिदार,२० कम्युटर अपरेटर र ४ नायब सुब्बाको सरुवा

प्रधानमन्त्री कार्यालयमा सरुवा भइन अतिरिक्त सचिव मिश्रा

बिशेष