सरकारले दुई जना सचिवहरुको सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले उद्योग मन्त्रालयमा कार्यरत सचिव नारायणप्रसाद शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गर्दै हालैमात्र सचिवमा बढुवा भएका रुद्रसिंह तामाङलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा पदस्थापन गरिएको छ। शुक्रबार सचिवमा बढुवा भएका तामाङले सुरू पोस्टिङ नै उद्योग मन्त्रालय पाएका हुन्। दुवाडी उद्योग मन्त्रालयको प्रशासनिक नेतृत्वमा पुगेको करिब दुई महिनामै सरुवा भएका हुन्।
बिज्ञापन
प्रधानमन्त्री कार्यालयमा सचिवको एक पद रिक्त थियो। उक्त ठाउँमा दुवाडीलाई सरूवा गरेर तामाङलाई उद्योगमा पठाइएको हो। सरकारले ३० असार २०८३ मा बसेको मन्त्रिपरिषद् बैठकबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन सचिव दुवाडीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको हो । त्यसबेला उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाउँदै दुवाडीलाई अख्तियारबाट उद्योगमा ल्याइएको थियो।

























