४६ खरिदार,२० कम्युटर अपरेटर र ४ नायब सुब्बाको सरुवा

गृह मन्त्रालयले राजपत्रअनंकित तहका ७० जना कर्मचारीहरुको सरुवा गरेको छ । गृहले खरिदार,कम्युटर अपरेटर र नायब सुब्बा तहका गरी ती कर्मचारीहरुको सरुवा गरेको हो ।
सरुवाको सूची अनुसार,नासु तहका चार जना,कम्युटर अपरेटर २० र ४६ जना खरिदार तहका रहेका छन् । नायब सुब्बा तहका कुबेर चौधरीलाई जिप्रका डोल्पाबाट इलाका प्रशासन कार्यालय बर्दिया,तक्मा विकलाई जिप्रका लमजुङबाट जिप्रका कास्की,सर्जन कार्कीलाई गृहबाट जिप्रका जाजरकोट र इलका प्रशासन मोरङबाट धाताराम श्रेष्ठलाई अध्यागमन विभागमा ल्याइएको छ ।
सरुवाको सूची अनुसार,कम्युटर अपरेटर २० जना कम्युटर अपरेटरहरु सरुवा भएका छन् । १७ जना कम्युटर अपरेटरहरु गृहबाट इलाका र जिल्ला प्रशासन कार्यालयमा खटाइएको छ भने स्याङ्जाबाट विष्णु प्रसाद चापागाई गृहमा भित्रिएका छन् । यस्तै अध्यागमन विभागबाट विजयकुमार महतो जिप्रका मनाङ पुग्दा शत्रुधन मण्डल धनुषाबाट जिप्रका पर्सा पुगेका छन् । सरुवाको सूची अनुसार,४६ जना खरिदार सरुवामा परेका छन् ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४६ खरिदार,२० कम्युटर अपरेटर र ४ नायब सुब्बाको सरुवा

प्रधानमन्त्री कार्यालयमा सरुवा भइन अतिरिक्त सचिव मिश्रा

पासपोर्ट फ्रि ट्राभलको कार्यान्वयनको तयारी

आठ सहसचिवको सरुवा : तीनको अर्थमा इन्ट्री

परराष्ट्रमा वातावरण कूटनीतिक शाखा स्थापना,उपसचिवले कमाण्ड गर्ने

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

“संघीय निजामति सेवा विधेयक २०८३ : लोकतान्त्रीकरण, व्यवसायीकरण र सुशासनतर्फको नीतिगत प्रस्थान”

गृहको कप्र प्रमुखमा पन्थी, सिराहाको सीडीयो मन्त्रालय तानिए

बिशेष