आठ सहसचिवको सरुवा : तीनको अर्थमा इन्ट्री

  सरकारले आठ जना सहसचिवको सरुवा गरेको छ । अघिल्लो मन्त्रिपरिषद् बैठकले आठ जना सहसचिवको सरुवाको निर्णय गरेको हो ।
सरुवाको सूची अनुसार,अर्थ,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा संवैधानिक आयोगलगायत निकायमा कार्यरत सहसचिवहरु हेरफेर भएका छन ।

बिज्ञापन

मन्त्रिपरिषद्को पछिल्लो बैठकले नारायणप्रसाद रिसाल र गोकुल बाँस्तोला अर्थ मन्त्रालयमा सरूवा गरेको हो। रिसाल कोशी प्रदेश मुख्यमन्त्री कार्यालयबाट अर्थमन्त्रालय आइपुगेका छन् । यस्तै, लोकसेवा आयोग प्रदेशबाट गोकुल बाँस्तोला अर्थ मन्त्रालयमा आइपुगेका छन् । उनी लेखा समूहका उपसचिवका रूपमा कोष तथा लेखा नियन्त्रक कार्यालयमा काम गरिसकेका अनुभवि कर्मचारी हुन । यस्तै,बन्धु प्रसाद बाँस्तोला अर्थबाट अर्थमा भित्रिएका छन् ।

बिज्ञापन

यस्तै, राष्ट्रपतिको कार्यालयमा कार्यरत रितेशकुमार शाक्यलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको बताइएको छ। अनिल दत्तलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अतिरिक्त समूहमा रहेका शंकरहरि आचार्यलाई राष्ट्रिय समावेशी आयोगमा पठाइएको स्रोतको भनाइ छ। यसैगरी, सुदूरपश्चिम प्रदेशमा कार्यरत राजेन्द्र हमाललाई राष्ट्रिय महिला आयोग तथा हालै गृह मन्त्रालयबाट फर्किएका भूपेन्द्र थापालाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको जनाइएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आठ सहसचिवको सरुवा : तीनको अर्थमा इन्ट्री

परराष्ट्रमा वातावरण कूटनीतिक शाखा स्थापना,उपसचिवले कमाण्ड गर्ने

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

“संघीय निजामति सेवा विधेयक २०८३ : लोकतान्त्रीकरण, व्यवसायीकरण र सुशासनतर्फको नीतिगत प्रस्थान”

गृहको कप्र प्रमुखमा पन्थी, सिराहाको सीडीयो मन्त्रालय तानिए

उस्तै फौजदारी मुद्धामा प्रभुका सञ्चालक- सीईओलाई रोक,इन्भेष्टमेन्टलाई उन्मुक्ति

निजामतीमा ३०- ५५ को तरङ्ग : असार लागे यता ४१८ कर्मचारीको राजीनामा

४ सय १४ नायब सुब्बाहरुको सरुवा (सूचीसहित)

बिशेष