गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव सुरेश पन्थीले पाएका छन् । गृमन्त्री गृहमन्त्री सुधन गुरुङ स्तरीय निर्णयबाट यस अघि विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख रहेका सुरेश पन्थीलाई कर्मचारी प्रशासन महाशाखाको प्रमुखमा सरुवा गरिएको हो । विमानस्थल अध्यागमन कार्यालयका प्रमुख, कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक चलाइसकेका पन्थीले यस अघि बैतडी, नवलपरासी पश्चिम र भोजपुरको प्रमुख जिल्ला अधिकारी चलाइसकेका छन् ।
बिज्ञापन
उता गृह मन्त्रालयले सिराहाको प्रमुख जिल्ला अधिकारीमा सुरेन्द्र पौडेललाई मन्त्रालयमा तानेको छ । पौडेल गत बर्ष कार्तिकमा सिराहा प्रशासनको कमाण्ड सम्हाल्न पुगेका थिए । उनलाई झण्डै ११ महिना पछि मन्त्रालयमा फिर्ता बोलाएर अतिरिक्त समूहमा राखिएको गृह प्रशासनले जनाएको छ ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%


























