‘हामीलाई आजै थुन्नोस् भनेकै हो’

नेपालमा पछिल्लो समय देखिएको अभाव तत्कालै पूर्ण समाधान नहुने नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले बताएका छन् । उनका अनुसार, बजारमा सामान्य अवस्थामा जति ग्यास खपत हुन्छ, त्यसभन्दा बढी आयात नगरेसम्म अहिलेको अभाव हट्न कठिन छ । चन्दले पछिल्लो समय ग्यासको माग अस्वाभाविक रूपमा बढेको र लामो समयसम्म आधा सिलिण्डर वितरण गर्ने निर्णय गरिएकाले समस्या थपिएको बताए ।
० आधा सिलिण्डर वितरण गर्ने निर्णयले अहिलेको समस्या निम्त्याएको हो ?
– आधा सिलिण्डर वितरण गर्ने निर्णय करिब १५ दिनका लागि मात्र हो तर त्यो चार महिनासम्म लम्बियो । आधा सिलिण्डर दिने निर्णयका दुईवटा उद्देश्य थिए– एउटा, घरमा रहेका खाली सिलिण्डर आधा–आधा भरेर प्रयोगमा ल्याउने । अर्को, अहिलेसम्म ग्यास नपाएका उपभोक्तालाई पनि ग्यास दिने । तर, यो व्यवस्था लामो समयसम्म चल्दा पुरानो स्टक प्रयोग भयो र ग्यासको आयात पनि घट्यो ।
० तत्कालीन उद्योगमन्त्री गौरीकुमारी यादवलाई तपाइँहरूले सहयोग नगरेकै हो ?
– उहाँले संसदीय समितिमा त्यो कुरा भन्नुभन्दा दुई दिनअघि मात्रै हामीसँग बैठक गर्नुभएको थियो । जसमा करिब ३० जना उद्योगी, सचिव र आयल निगमका पदाधिकारीहरू सहभागी हुनुहुन्थ्यो । बैठकमा मन्त्रीले उद्योगीहरूलाई नथुनेसम्म नहुने बताउनुभएको थियो । संसदीय समितिमा पनि त्यही भन्नुभयो । हामीले पनि भन्यौँ– ‘सहज हुन्छ भने आजै थुन्नुस् ।’
० मन्त्रीसँगको बैठकबाट ग्यास आयात बढाउने विषयमा कुनै समाधान निस्किएन ?
– उहाँले समाधान खोज्नेभन्दा हामीलाई हप्काउने ढंगले कुरा गर्नुभयो । त्यसपछि बैठक छाडेर जानुभयो । हामीले प्रधानमन्त्रीको सचिवालयलाई यसबारे जानकारी गरायौँ ।
० काठमाडौंमा ग्यास अभाव हुनुको मुख्य कारण के हो ?
– ग्यास नआएको होइन, सामान्य समयमा जति खपत हुन्छ, त्यति नै हाराहारीमा आइरहेको छ तर माग असामान्य रूपमा बढेको छ । सामान्य अवस्थामा महिनाको करिब ५० हजार मेट्रिक टन ग्यास खपत हुन्छ । अगस्टमा भने करिब ६० हजार मेट्रिक टन आएको थियो तर बजार पूर्ण रूपमा सहज हुन अझै समय लाग्छ ।
० बजारमा उपभोक्ताले लाइन बस्नुपर्ने अवस्था कहिलेसम्म रहन्छ ?
– पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन करिब दुई महिना लाग्न सक्छ । नेपालमा करिब १ करोड ७५ लाख सिलिण्डर छन् । ती सबै एकपटक भर्नुपर्ने अवस्था छ । ग्यास आयात बढाउँदैमा भोलिपल्टै बजार सामान्य हुँदैन । अहिलेको समस्या काठमाडौंमा मात्र होइन, देशभरि छ ।
० कृष्णभीरको बाटोको समस्याले पनि ग्यास आपूर्तिमा असर गरेको हो कि ?
– २१ टन बोक्ने क्षमताका गाडीले पनि बाटोको अवस्थाका कारण करिब १५ टन मात्रै ग्यास बोकिरहेका छन् । करिब ५०० सिलिण्डर बराबरको ग्यास मात्र ल्याउन सकिएको छ । समस्या घुम्तीको मात्र होइन, पुलहरूले ठूलो भार धान्न नसक्ने अवस्था छ ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मुस्ताङ भन्सारमा नक्कलीहरु छपक्कै

‘हामीलाई आजै थुन्नोस् भनेकै हो’

शाखा अधिकृत र उपसचिव तहका माग आकृति फाराम पठाउन परिपत्र,१२ असोजसम्म समयसीमा

सीडीई सरुवा चलखेलमा मुछिएका डिजी तानिए मन्त्रालयमा

खारेज भएका कार्यालय धमाधम ब्यूँताइदैं,विभागहरु पूरानै मन्त्रालयमा सारिँदै

उपसचिवको सरुवामा उस्तै मनपरी : मन्त्रालयमा कार्यरत कर्मचारीको विभागबाट सरुवा,कहाँबाट लिने रमाना ?

३७ शाखा अधिकृतको सरुवा : २५ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिृकत फेरिए

४२ उपसचिवको सरुवा : फेरिए १५ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

बिशेष