बिज्ञापन
भूमि व्यवस्था,सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त पदहरुको माग आकृति फाराम भरेर पठाउन परिपत्र गरेको छ ।
बिज्ञापन
मन्त्रालयले चालु आर्थिक बर्ष ८३ /८४ मा रिक्त हुने निजामती सेवाका राजपत्राकित द्धितीय र तृतीय श्रेणी प्राविधिक तथा अप्राविधिकतर्फका सबै सेवा समूह,उपसमूहका रिक्त हुने पदहरुको पूर्तिका लागि माग आकृति फाराम पठाउन परिपत्र गरेको हो ।
मन्त्रालयले चालु आर्थिक बर्षमा रिक्त हुने निजामती सेवाका शाखा अधिकृत र उपसचिव तहका रिक्त पदहरुको विवरण खुल्ने माग आकृति फाराम भरी आगामी असोज १२ गते भित्र उपलब्ध गराई दिन परिपत्र गरेको हो ।
माग आकृति फाराम पठाउँदा नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भई राष्ट्रिय कितावखाना (निजामती) मा दर्ता भएका पदहरुलाई मात्र समावेश गर्न र किताबखानाको अद्यावधिक विवरणसँग भिडाउन,पद रिक्त हुनुको कारण राजीनामा,बढुवा,नयाँ दरबन्दी श्रृजना आदिका कारण खुल्ने पत्र,सम्बन्धित सेवा समूह,उपसमूह,श्रेणीका कर्मचारीको दरबन्दी तेरिज संग्लग्न गरी पठाउन परिपत्रमा भनिएको छ ।


























