उपसचिवको सरुवामा उस्तै मनपरी : मन्त्रालयमा कार्यरत कर्मचारीको विभागबाट सरुवा,कहाँबाट लिने रमाना ?

भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको सरुवा विवादमा पर्ने श्रृंखला जारी छ । यस अघि एउटै पालिकामा दुई जना हाकिम (शाखा अधिकृत) सरुवा गरेर विवादमा परेको सामान्यको सरुवा सिष्टम उपसचिवको सरुवासम्म पुग्दा उस्तै विवादमा परेको छ । अनलाइन प्रणालीबाटै कर्मचारी सरुवा गरिएको भनिए पनि मन्त्रालयले हचुवाका आधारमा कर्मचारी सरुवा गर्दा त्रुटि नै त्रुटि भेटिएको कर्मचारीहरुको गुनासो बढ्दै गएको छ ।

बिज्ञापन

भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवारको मितिमा ४२ उपसचिवको सरुवा गर्दा मन्त्रालयमा दरबन्दी रहेर त्यही कार्यरत रहेको एक उपसचिवलाई विभागबाट सरुवा गरिदिएको हो ।मन्त्रालयको औद्योगिक प्रवद्धर्न महाशाखामा कार्यरत उपसचिव श्रृजना तिवारीलाई उद्योग,वाणिज्य तथा आपूर्ति संरक्षण विभागबाट रङ्गेली नगरपालिका,मोरङमा सरुवा गरिएको घटनाले आफ्ना कर्मचारी कहाँ कहाँ कार्यरत छन भन्नेसम्म सिपिएलाई थाहा नहुनु र मन्त्रालयका कर्मचारीलाई विभागबाट सरुवा गराइएसँगै तिनले कहाँबाट रमाना लिने ? भन्ने प्रश्नमात्र उठाएको छैन । सुशासन,पारदर्शीताको नारासहित अनलाइन सरुवा प्रणालीमाथि नै प्रश्न उठाइदिएको छ ।

बिज्ञापन

मन्त्रालयको औद्योगिक प्रवद्र्धन महाशाखामा कार्यरत उपसचिव श्रृजना तिवारीलाई उद्योग,वाणिज्य तथा आपूर्ति संरक्षण विभागबाट सरुवा गरिएको बिषयमा सामाजिक सञ्जालबाटै तीतो पोखेकी छिन् । सरुवा सूचीको १६ औं नम्बरमा श्रृजना तिवारीको नाम देख्न पाइन्छ । तिवारीलाई रङ्गेली नगरपालिका,मोरङमा सरुवा गरिएको छ र हालको कार्यालय वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग भनिएको प्रति तीतो पोख्दै लेखेकी छिन्,”रंगेली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरूवा भएकोमा मलाई मुरीका मुरी बधाई छ तर म उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत रहेकोमा वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागबाट सरूवा भएको छ ? लौन हामी कर्मचारी काहा कार्यरत छौ भन्ने पनि थाहा नहुने ? सिपिएलाई के भन्नु खै ? रमाना काहाबाट लिने होला ?”

पछिल्लो समय कर्मचारी सरुवामा सम्बन्धित मन्त्रालय र प्रणाली भन्दा पनि विभिन्न अमूक व्यक्तिले कर्मचारीको सरुवा सूची बनाएर सरुवा गरिँदा त्यस्ता सरुवा विवादित र त्रुटिपूर्ण देखिएको हो । तीन दिन अगाडि विभिन्न मन्त्रालय,कार्यालय र स्थानीय तहमा कार्यरत ५२ जना अधिकृतको सरुवा गरेको थियो । ती सरुवामध्ये दुई अधिकृतलाई एउटै पालिकामा खटाइएको बिषय सार्वजनिक भएको थियो । सरुवाको सूची अनुसार,झापास्थित कमल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकाललाई गृह मन्त्रालय अन्तर्गत सरुवा गरेको छ । सरुवा सूचीको चौथो नम्बरमा उनको नाम देखिन्छ । यस्तै सरुवा सूचीको ४५ र ५२ नम्बर हेर्दा दुई जना शाखा अधिकृतलाई एउटै पालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाइएको पाइएको छ । सरुवाको सूचीको ४५ औं नम्बरमा फालेलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका सुमन यङयालाई कमल गाउँपालिकामा खटाइएको छ भने सूचीको अन्तिम नम्बरमा रहेको सुनिता रिमाललाई निर्वाचन आयोग काठमाडौंबाट सोही गाउँपालिकामा खटाइएको छ । यसरी दुई जना शाखा अधिकृतलाई एउटै पालिकामा खटाइएको भेटिएसँगै सामान्यबाट कर्मचारी सरुवामा हुने गरि त्रुटी बारे अनेकन टीका टिप्पणी हुन थालेको छ ।
सिंहदरवारमा लामो समय बसेका, काठमाडौं उपत्यकाभित्र बसेका कर्मचारीलाई स्थानीयतह, जिल्ला समन्वय र जिल्लास्थित कार्यालयहरूमा सरुवा गर्ने भनिएको छ । तर पुरानै शैलीमा सेटिङ हुन थालेको गुनासो कर्मचारी वृत्तबाट व्यापक गुनासो सुनिन थालेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उपसचिवको सरुवामा उस्तै मनपरी : मन्त्रालयमा कार्यरत कर्मचारीको विभागबाट सरुवा,कहाँबाट लिने रमाना ?

३७ शाखा अधिकृतको सरुवा : २५ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिृकत फेरिए

४२ उपसचिवको सरुवा : फेरिए १५ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरु

रुद्रसिह तामाङ सचिवमा बढुवा

पूर्वप्रधानसेनापतिदेखि पूर्वपरराष्ट्रमन्त्रीका छोरासम्म राजदूतमा सिफारिस

बागमती प्रदेशमा १३४ दरबन्दी कटौती,९० जनाको अस्थायी दरबन्दी स्वीकृत

स्थानीय तहका २७ कर्मचारीको अन्तरपालिका सरुवा

बिशेष