३७ शाखा अधिकृतको सरुवा : २५ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिृकत फेरिए

  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतहरु हेरफेर गरेको छ । मन्त्रालयले शुक्रवार ३७ जना शाखा अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्दा २५ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत हेरफेर भएका हुन ।
सरुवाको सूची अनुसार,तामाकोशी गाउँपालिकामा भन्सार विभागबाट गोबिन्द बहादुर थापा,विष्णुपुर गाउँपालिकामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट मधुकुमार साह,पर्यटनकी गुणा राईलाई हेलम्बु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत,सहकारी विभागमा कार्यरत तिलकराम पोखरेललाई उत्तरगया गाउँपालिका,रसुवा पठाइएको छ ।
यस्तै,रोशीबा टंकबहादुर नेगीलाई सुनापती गाउँपालिका,रामेछापमा सारिएको छ । उद्योगबाट बेनुकराज कार्की शैलुङ गाउँपालिकामा पुगेका छन् । प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्राङ्कित तृतीय श्रेणीका कर्मचारी सरुवा हुँदा योजना आयोगबाट रमेश पराजुली बेरङ्ग गाउँपालिका,हुलाक निर्देशनालय दाङबाट शोभाराम बस्नेत रुन्डीगढी गाउँपालिका पुगेका छन् । यस्तै,भुमि व्यवस्थापन तथा अभिलेख विभागबाट यामबहादुर उपरकोटीलाई जहदा गाउँपालिकामा पठाइएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उपसचिवको सरुवामा उस्तै मनपरी : मन्त्रालयमा कार्यरत कर्मचारीको विभागबाट सरुवा,कहाँबाट लिने रमाना ?

३७ शाखा अधिकृतको सरुवा : २५ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिृकत फेरिए

४२ उपसचिवको सरुवा : फेरिए १५ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरु

रुद्रसिह तामाङ सचिवमा बढुवा

पूर्वप्रधानसेनापतिदेखि पूर्वपरराष्ट्रमन्त्रीका छोरासम्म राजदूतमा सिफारिस

बागमती प्रदेशमा १३४ दरबन्दी कटौती,९० जनाको अस्थायी दरबन्दी स्वीकृत

स्थानीय तहका २७ कर्मचारीको अन्तरपालिका सरुवा

बिशेष