यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरु

मन्त्रिपरिषद्को बैठकले विभिन्न महत्वपूर्ण चार निर्णयहरु सार्वजनिक भएको छ ।मन्त्रिपरिषद्को बैठकले विभिन्न नियुक्तिका लागि सिफारिस,बढुवा,केही नियमावली स्वीकृत तथा संशोधन लगायतका महत्वपूण निर्णयहरु गरेको छ ।

बिज्ञापन

आज बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक कोटाबाट १३ देशमा नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो । जस अनुसार, भारतका लागि डा निश्चल नाथ पाण्डे, चीनका लागि डा कल्याण राज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरन जङ्ग थापा, बेलायतका लागि गौरव शमशेर जङ्गबहादुर राणा, जर्मनीका लागि सरू जोशी, इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञान कुमार थापा, ओमानका लागि डा पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा डा सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा मंचला झा र साउदी अरेबियाका लागि गिरि बहादुर सुनारलाई राजदूत पदमा नियुक्त गर्न सिफारिस गरेको हो ।
बैठकले नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गर्ने र सहसचिव रुद्र सिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।
यस्तै बैठकले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । त्यसैगरी साविकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहने गरी नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ संशोधन गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३७ शाखा अधिकृतको सरुवा : २५ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिृकत फेरिए

४२ उपसचिवको सरुवा : फेरिए १५ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरु

रुद्रसिह तामाङ सचिवमा बढुवा

पूर्वप्रधानसेनापतिदेखि पूर्वपरराष्ट्रमन्त्रीका छोरासम्म राजदूतमा सिफारिस

बागमती प्रदेशमा १३४ दरबन्दी कटौती,९० जनाको अस्थायी दरबन्दी स्वीकृत

स्थानीय तहका २७ कर्मचारीको अन्तरपालिका सरुवा

२६ नासु,७ कम्युटर अपरेटर र ६ खरिदारको सरुवा

बिशेष