सरकारले सहसचिव रुद्रसिंह तामाङलाई सचिवमा बढुवा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले तामाङलाई सचिवमा बढुवा गरेको हो ।
बिज्ञापन
बढुवा सिफारिस समितिले तीन सहसचिवको नाम सचिव बढुवाका लागि सिफारिस गरेको छ । हिजो बसेको बढुवा समितिको बैठकले रूद्रसिंह तामाङ, आभा श्रेष्ठ र चक्रबहादुर बुढाको नाम सिफारिस गरेको थियो । समितिले पहिलो नम्बरमा तामाङ उर्जा मन्त्रालय, दोस्रो नम्बरमा श्रेष्ठ मधेश प्रदेश र तेस्रोमा बुढाको महिला, बालबालिका, यौनिक तथा लैङ्गिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत छन्।
बिज्ञापन
तामाङ आन्तरिक प्रतिस्पर्धाबाट, आभा महिला कोटाबाट र चक्र पिछडिएको क्षेत्रको कोटाबाट सहसचिव भएका हुन्। यसरी बढुवा सिफारिस भएकामध्ये मन्त्रिपरिषद्को बैठकले पहिलो नम्बरमा सिफारिस भएका रुद्रसिंहलाई सचिवमा बढुवा गरेको हो ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%


























