रेष्टुरेन्टबाट ९ लाख घुससहित नापी अधिकृत पक्राउ

 काठमाडौंको डिल्लीबजारस्थित नापी कार्यालयमा कार्यरत नापी अधिकृत डिल्लीबहादुर वली ९ लाख घुससहित पक्राउ परेका छन् । अधिकृत वलीलाई सेवाग्राहीबाट घुस लिइसकेको टोखा नगरपालिका ५ वसुन्धरा चोकस्थित एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिइएको र आज विशेष अदालताबाट अनुसन्धानका लागि म्याद थपिएको अख्तियारले जनाएको छ । कार्यालयअन्तर्गत ३ नम्बर नापी टोली माछापोखरीका प्रमुखसमेत रहेका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ लाख रुपैयाँ घुससहित हिजो समातेको जनाएको छ ।
अख्तियारको अभियोगपत्र अनुसार,वलीले छुट जग्गा दर्ता सिफारिससहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय मनमैजु, काठमाडौंमा पठाउनका लागि सेवाग्राहीलाई अनावश्यक दुःख, हैरानी र सास्ती दिँदै घुस माग मागेको उजुरीका आधारमा टंगालबाट खटिएको टोलीले उनलाई टोखा नगरपालिका–५, वसुन्धारा चोकस्थित एक रेष्टुरेन्टबाट नियन्त्रणमा लिएको जनाइएको छ ।

बिज्ञापन

उनीमाथि घुस–रिसवत लिई भ्रष्टाचार गरेकोसम्बन्धी कसुरमा विशेष अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको अख्तियारले बताएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सम्पत्ति विवरण बुझाउन एक महिना म्याद थप

रेष्टुरेन्टबाट ९ लाख घुससहित नापी अधिकृत पक्राउ

नियमित कार्यालय नआएको भन्दै गाउँपालिका अध्यक्षले प्रशासकीय अधिकृतको हाजिरी काटे

भरतपुरबाट अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न भारतीय नागरिक पक्राउ

सरुवा सूची गुपचुप : सामान्य प्रशासनमा सुशील पनेरुको दबदबा

अख्तियारमा एक बर्षमा ३३ हजार उजुरी,४९ प्रतिशत स्थानीय तह सम्बन्धित

निजामती विधेयकमा लोकसेवाको राय कुर्दै सरकार : यस्ता छन् चार दर्जन नयाँ प्रावधान

सुब्बादेखि उपसचिव तहका सयौं कर्मचारीको सरुवा,सूची गुपचुप

बिशेष