भरतपुरबाट अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले चितवनको भरतपुरबाट अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) सञ्चालनमा प्रयोग भइरहेको उपकरण तथा सामग्रीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

बिज्ञापन

नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले नेपाल टेलिकम र एनसेल आजियाटा लिमिटेडको प्राविधिक समन्वयमा भरतपुर महानगरपालिका–२, आँपटारीबाट भारतीय नागरिक २५ वर्षीय काथ्राम नितिन (Kathram Nithin) लाई पक्राउ गरेको हो।

बिज्ञापन

प्रहरीका अनुसार नितिन आँपटारीस्थित निर्मला विष्टको घरमा बसेर अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास गर्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले उनलाई दूरसञ्चार ऐन, २०५३ को दफा ४७ को उपदफा ५ बमोजिमको कसूरमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरी टोलीले उनको साथबाट २६ थान मोबाइल सेट, २ थान ल्यापटप, ७७ थान एनसेल सिमकार्ड, १८ थान नेपाल टेलिकमका सिमकार्ड, ४ थान सीपीयू, १ थान इन्भर्टर र २ थान ब्याट्री बरामद गरेको छ।

बिज्ञापन

त्यस्तै, प्रहरीले ६ थान २०-पोर्टको यूएसबी, ३३ थान यूएसबी सेल्युलर मोडेम, ३० थान यूएसबी ओटीजी–अडियो केबल, १ थान पाँच-पोर्ट नेटवर्क स्विच, २ थान इन्टरनेट राउटर तथा विभिन्न प्रकारका डाटा केबल समेत बरामद गरेको जनाएको छ।

केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार बरामद उपकरण तथा सामग्रीहरू प्रारम्भिक परीक्षणका क्रममा अवैध अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) मा प्रयोग भइरहेको देखिएको छ। घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय चितवनबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक अनुषेम शमशेर जबराले २०८३ असोज १ गते प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ तथा बरामद सामग्रीबारे जानकारी दिएका हुन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नियमित कार्यालय नआएको भन्दै गाउँपालिका अध्यक्षले प्रशासकीय अधिकृतको हाजिरी काटे

भरतपुरबाट अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न भारतीय नागरिक पक्राउ

सरुवा सूची गुपचुप राखेर ‘सेटिङ’को आरोप, सामान्य प्रशासनमा सुशील पनेरुको दबदबा

अख्तियारमा एक बर्षमा ३३ हजार उजुरी,४९ प्रतिशत स्थानीय तह सम्बन्धित

निजामती विधेयकमा लोकसेवाको राय कुर्दै सरकार : यस्ता छन् चार दर्जन नयाँ प्रावधान

सुब्बादेखि उपसचिव तहका सयौं कर्मचारीको सरुवा,सूची गुपचुप

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा

सचिव पराजुलीको अख्तियारमा पोष्टिङ,नेपाल ट्रष्टमा दवाडी,तीन निकाय अझैं सचिवविहिन

बिशेष