सचिव पराजुलीको अख्तियारमा पोष्टिङ,नेपाल ट्रष्टमा दवाडी,तीन निकाय अझैं सचिवविहिन

सरकारका तीन वटा महत्वपूर्ण निकाय अझैं सचिवविहन रहेको पाइएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार,हाल ५८ जना विशिष्ठ श्रेणीका सचिवको दरबन्दी रहेकोमा विभिन्न तीन वटा निकाय सचिवविहिन हुन पुगेको हो ।

बिज्ञापन

हिजो बसेको क्याविनेटले  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा कालीप्रसाद पराजुलीलाई पदस्थापन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गरेलगत्तै पराजुलीलाई अख्तियारको सचिवको जिम्मेवारी दिइएको हो । डिल्लीराम शर्मा अवकाशमा गएको महिना दिनपछि अख्तियारले सचिव पाएको छ । यसैगरी मन्त्रिपरिषद् बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरेको छ । ०८० चैतदेखि सिंचाई सचिवको जिम्मेवारी सम्हालिरहेकी दवाडी साढे दुई पछि त्यहाँबाट सरुवा भएर ट्रष्टको कार्यालयमा पुगेकी हुन् । नेपाल ट्रष्टमा रहेको सचिव पद पनि ऐन संसोधन मार्फत कटौती गर्ने तयारी भइरहेको स्थानमा दवाडीलाई पठाइएको हो । दवाडीलाई नेपाल ट्रस्टमा पठाइए पनि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भने तत्काल नयाँ सचिव पठाइएको छैन ।
अझैं नेपाल प्रशासन सेवाको दुई निकाय सचिवविहन रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक र राष्ट्रिय सतर्कता केन्द्रमा नेपाल प्रशासन सेवाका सचिव रिक्त छन्। यस अघि राष्ट्रिय सतर्कता केन्द्रमा प्राविधिक सचिवको दरबन्दी रहेकोमा प्राविधिक सचिवको दरबन्दी काटेर प्रशासन सेवाका सचिवको व्यवस्था गरिएको छ । यस्तै क्याविनेटले न्याय सेवा आयोगले तीन सहसचिवलाई सचिवमा बढुवा गरेको छ । जसमध्ये कामु सचिव रामप्रसाद भट्टराईका अलवा ठगेन्द्र कट्टेल र बाबुराम दाहाललाई सचिवमा बढुवा भएका छन् । भट्टराई सचिवमा बढुवा भएसँगै न्याय परिषद्कै सचिवमा पदस्थापन गर्न पनि सिफारिस गरिएको छ। यस्तै सर्वोच्च अदालतमा कार्यरत सहसचिवद्वय ठगिन्द्र कट्टेल र बाबुराम दाहाललाई सचिव (रजिस्ट्रार) पदमा बढुवा गरेसँगै रिक्त रहेको न्याय सेवाको तीनै पदपूर्ति भएका छन् । अब प्रशासनतर्फका दुई,प्राविधिकतर्फ एक र प्रधानमन्त्री कार्यालय मातहत रहेको सूचना प्रविधिमा एक सचिवको दरबन्दी रिक्त हुन पुगेको छ । अब सचिव हुने लाइनमा रुद्रमान सिंह तमाङ,आभा श्रेष्ठ र चक्र बूढा रहेका छन् ।

बिज्ञापन

प्राविधिकतर्फ दरबन्दी रहेको सिँचाई मन्त्रालय सचिवविहिन हुन पुगेको छ । यही महिना पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र जल तथा ऊर्जा आयोगका सचिव सरजुकुमार वैद्य अवकाशमा गएसँगै ती पद रिक्त हुनेछन् ।यस्तै प्राविधिकतिरको सचिव बढुवाका लाइनमा जगदीश्वर कर्मचार्य, नवीनराज सिंह र मिना श्रेष्ठ अगाडि देखिएका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव पराजुलीको अख्तियारमा पोष्टिङ,नेपाल ट्रष्टमा दवाडी,तीन निकाय अझैं सचिवविहिन

स्थानीयदेखि प्रदेशका ४१ कार्यालयका ९३ करोड बजेट फुकुवा

चौथोदेखि दशौं तहका १७५ कर्मचारीको सरुवा (सूचीसहित)

पिक आवरमा प्रणालीमा समस्या,८५ सय ठेक्का प्रभावित

स्थानीय सेवाका चौथौंदेखि आठौं तहका ११६ कर्मचारीको सरुवा

मुख्यसचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालमै यस्तो गडबडी

सचिव दरबन्दी कटौतीमा परेको नेपाल ट्रष्टमा दुवाडीको सरुवा

अतिरिक्तमा रहेका ७ मध्ये ६ को व्यवस्थापन : आन्तरिकमा बासुदेव,निरौलालाई प्राधिकरण

बिशेष