६९ सहसचिव पदका लागि लोक सेवाले खुलायो विज्ञापन

लोकसेवा आयोगले सहसचिव तहका विभिन्न पदमा विज्ञापन खोलेको छ । आयोगले प्राविधिक र अप्राविधिक तर्फका विभिन्न पदमा आन्तरिक प्रतिष्प्रर्धा र खुलाबाट पदपूर्ति गर्ने गरी विज्ञापन खुलाएको हो । सबै सेवा समूहतर्फका आन्तरिक र खुला प्रतिष्प्रर्धाबाट पदपूर्तिका लागि आयोगले ६९ पदका लागि दरखास्त आह्वान गरेको हो ।

बिज्ञापन

आयोगले अप्राविधिकतर्फ प्रशासन पाँच,लेखापरीक्षणतर्फ १ जनाका लागि विज्ञापन माग गरेको छ । यस्तै इन्जिनियरिङतर्फ सिभिल,नजरल १,सिभिल हाइवेतर्फ ३ जनाका लागि दरखास्त आह्वान गरेको छ । यस्तै आयोगको सूचना अनुसार,सिभिल स्यानिटरीतर्फ १,माइनिङ इञ्जिनियरिङतर्फ १ पदका लागि विज्ञापन खुलाएको छ । प्राविधिकतर्फकै मेटोरियोलोजी १ पदका लागि विज्ञापन खुलाएको छ । यस्तै वन सेवा समूहतर्फ स्वायल एण्ड वाटर कन्जरभेसनतर्फ १ र नेशनल पार्क एण्ड वाइल्ड लाइफतर्फ १ जना र विविध सेवातर्फका लागि १ पदका लागि विज्ञापन खोलेको छ । आयोगका अनुसार यी १६ पदमा जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा हुने बढुवाबाट पदपूर्ति गर्न लागिएको हो ।
यस्तै आयोगले कार्यक्षमता मुंल्याकनका आधारमा प्रशासनतर्फ पाँच,लेखापरीक्षणतर्फ १ पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आयोगले प्राविधिक तर्फका इन्जिनियरतर्फ ६ पदका लागि दरखास्त आह्वान गरेका छ भने कृषि र वन सेवाबाट २ तथा शिक्षा प्रशासनतर्फ १ पदका लागि दरखास्त आह्वान गरेको छ । विभिन्न सेवा समूहका १५ पदका लागि दरखास्त खुलाएको छ,आयोगले ।
यस्तै,स्वास्थ्य सेवातर्फका विभिन्न ९ पदमा समेत कार्यक्षमता मुल्यांकनका आधारमा हुने बढुवाका लागि आयोगले विज्ञापन खोलेको हो ।
सबै सेवासमूहका सहसचिवस्तरका पदमा आन्तरिक तथा खुला प्रतिस्पर्धाका लागि विज्ञापन आह्वान गरेको आयोगले खुलातर्फ नेपाल न्याय,कानुन,सरकारी वकिल,प्रशसन,लेखापरीक्षणतर्फका अप्राविधिक १२ पदमा खुला प्रतिष्प्रर्धाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ । यस्तै आयोगले प्राविधिकतर्फका विभिन्न पदमा गरी विभिन्न ८ पदका लागि र स्वास्थ्य सेवातर्फका ९ पदका लागि खुला प्रतिष्प्रर्धाबाट पदपूर्ति गर्न लागिएको छ ।
आयोगको विज्ञापन अनुसार जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा १६,कार्यक्षमता मुंल्याकनका आधारमा १५ र खुला प्रतिष्प्रर्धामा २० पदमा गरी ५१ पदका लागि दरखास्त आह्वान गरिएको छ । उता स्वास्थ्य तर्फका ११ औं तहका लागि कार्यक्षमता मुल्यांकनका आधारमा ९ र खुला प्रतिष्प्रर्धाबाट ९ गरी १८ पदका लागि विज्ञापन खोलेको छ । सबै सेवा समूहको आन्तरिक र खुला प्रतिष्प्रर्धा गरी ६९ पदका लागि आयोगले विज्ञापन खोलेको हो ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१२ सहसचिव सामान्य प्रशासनको जगेडामा

६९ सहसचिव पदका लागि लोक सेवाले खुलायो विज्ञापन

एउटै पालिकामा दुईजना हाकिम पठाउनुभो, कसरी काम गर्ने मन्त्रीज्यू ?

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

बिशेष