सरकारी कार्यालयमा धाकधम्की दिने सुजन विश्वकर्मा पक्राउ

  राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य रहेको भन्दै सरकारी कार्यालय तथा विभिन्न संघसंस्थामा धाकधम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेमा झापाका सुजन विश्वकर्मा हुन । उनलाई प्रहरीले झापाबाट पक्राउ गरेको हो ।

बिज्ञापन

विश्वकर्माले विभिन्न सरकारी कार्यालयका बैठक तथा शैक्षिक संस्थामा प्रभाव जमाउने गरेको आरोप छ । उनले प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ र कानुनमन्त्री सोबिता गौतमदेखि सांसद खगेन्द्र सुनारको नाम लिदै ,कर्मचारी र जनप्रतिनिधिलाइ धम्काउदै ब्लाकमेलिङ्ग गर्ने गरेको आरोप छ । उनले आफुलाई प्रधानमन्त्री कार्यालयबाट आएको भन्दै एक इन्जिनियरबाट डेढलाख असुल्नुका साथै सरकारी गाडीमा सवार गर्ने गरेको बताइएको छ । उनी २ वर्ष अघि झापा हल्दिबारी मा मोबाइल चोरिमा समेत पक्राउ परेका थिए ।

बिज्ञापन

स्रोतका अनुसार विश्वकर्माले केही दिनअघि काठमाडौंबाट जहाजमा झापा पुगी आफूलाई रास्वपा केन्द्रीय सदस्य र प्रधानमन्त्रीको सहयोगीका रूपमा काम गर्दै आएको परिचय दिँदै निश्चित जिम्मेवारीसहित केही गाउँपालिका र सरकारी कार्यालयको अनुगमनमा आएको बताएका थिए । झापा प्रहरीले सार्वजनिक गरेको विवरणमा विश्वकर्माले आफू रास्वपा केन्द्रीय सदस्य र प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य भएको झुटो परिचय दिएको उल्लेख छ । उनले सोही परिचयका आधारमा सरकारी कार्यालय,बैठक तथा शैक्षिक संस्थामा दबाब र धाकधम्की दिएको प्रहरीको भनाइ छ। पक्राउ परेका विश्वकर्मालाई झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

विश्वकर्माले सामाजिक सञ्जालमा आफू रास्वपाका नेताहरूसँग निकट रहेको देखाउने गरी गृहमन्त्री सुधन गुरुङ, कानूनमन्त्री शोविता गौतम, सांसद खगेन्द्र सुनुवारलगायतका नेतासँग खिचिएका तस्बिरसमेत पोस्ट गर्दै आएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पाँच महिनामै फेरिए तीन प्रमुख प्रशासकीय अधिकृत,मेयरले लेखिन प्रधानमन्त्रीलाई अपिलपत्र

सरकारी कार्यालयमा धाकधम्की दिने सुजन विश्वकर्मा पक्राउ

तीन सहसचिव बढुवा सिफारिस,न्याय परिषद्मा भट्टराई

उच्चका तीन र १५ जिल्ला न्यायाधीशको सरुवा

नेपाल टेलिकमको खरिदमा विदेश भ्रमणको खेल: हवाई टिकट, होटल र भत्तामा लाखौँ खर्चको हिसाब खोजियो

नेपालको इतिहासमा प्रामाणिक इतिहास लेखनको अवस्था वारे बौध्दिक बहस  

सार्वजनिक सेवा सुधार्न गृहको पाँच बुँदे परिपत्र

५२ जना अधिकृत र ९ जना उपसचिव गरी ६१ जना कर्मचारीको सरुवा

बिशेष