भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ९ जना उपसचिवहरुको सरुवा गरेको छ ।
बिज्ञापन
मन्त्रालयले नेपाल प्रशसन सेवाका ९ जना उपसचिवहरुको सरुवा गरेको हो । जस अनुसार,गृह मन्त्रालयका विजयकुमार प्रसाईलाई सिरहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत,सप्तकोशी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकाललाई बेलबारी नगरपालिका,पूर्वाधार विकास मन्त्रालयबाट जीवन आचार्यलाई बोदेबरसाइन नगरपालिका,रंगेली नगरपालिकाबाट प्रदीप साहलाई मौलापुर नगरपालिकामा खटाइएको छ ।
यस्तै, बरहथवाबाट ऋृषि प्रसाद सिटौलालाई भूमि व्यवस्था मन्त्रालयको अतिरिक्त समूहमा तानेको छ भने पुचौडी नगरपालिकाबाट सरोज पोखरेललाई रक्षा मन्त्रालयमा ल्याइएको छ । सूची अनुसार,प्रदेश निर्वाचन आयोग,गण्डकी प्रदेशबाट नारायण ढकाललाई सप्तकोशी नगरपालिका,सिराहा नगरपालिकाबाट महमद शेरे मुस्तफालाई बरहथवा र बेलबारी नगरपालिकाबाट संजयबहादुर राजलवटलाई राष्ट्रिय निजामती किताबखानामा ल्याएको छ ।
यसरी सरुवा भएकामा पाँच जना प्रमुख प्रशासकीय अधिकृत रहेका छन् । २ जना संघीय मन्त्राययबाट स्थनीय तहमा पुग्दा तीन उपसचिव स्थानीय तहबाट संघीय कार्यालयमा आइपुगेका छन् ।
बिज्ञापन




























