ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतका ८७ जना उपसचिवस्तरका कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।
बिज्ञापन
मन्त्रालयले विभिन्न समूह तथा उपसमूहमा कार्यरत उपसचिवलाई विभागअन्तर्गतका विभिन्न आयोजना, कार्यालय तथा निकायमा जिम्मेवारी तोक्दै सरुवा गरेको हो। तर अपारदर्शी रुपमा कर्मचारीको सरुवा गरिएको,यस अघि दीपक खड्का उर्जामन्त्री हुँदा आर्थिक चलखेलका आधारमा सरुवा गर्न खोज्दा रोकिएका उपसचिवहरुलाई अहिले तत् निकायमा खटाइएको बिषयले सरुवामा व्यापक आर्थिक चलखेल भएको कर्मचारीहरुले टिप्पणी गरेका छन् । केही उपसचिवहरुलाई दुई तीन बर्षसम्म महत्वपूर्ण आयोजनाबाट दायाँ बायाँ नगरिएको र केही सिडिइहरु मन्त्रालय पुगेको पाँच महिनामै कार्यालय प्रमुख बनाएर पठाइएको बिषयले कर्मचारीहरु रुष्ट छन् ।
बिज्ञापन
यो सरुवाले सचिव सरिता दवाडी र सिँचाइ विभागका महानिर्देशक डा महेश्वर श्रेष्ठको भूमिकालाई लिएर पनि कर्मचारी वृत्तमा चर्चा भइरहेको छ।स्मरण रहोस ०८० चैतदेखि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको नेतृत्वमा रहेकी छिन् । उनी झण्डै साढे तीन बषदेखि सोही मन्त्रालय कमाण्ड गरिरहेकी छिन् ।



























