सशस्त्रमा खुल्यो ६६६ जनाका लागि भर्ना

सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) ले विभिन्न पदमा ६६६ जनाका लागि नयाँ भर्ना आह्वान गरेको छ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालय, मानवश्रोत विभागले जारी गरेको सूचना अनुसार कुल पदमध्ये सशस्त्र प्रहरी जवान पदका लागि मात्रै ६०४ जना माग गरिएको छ। जसमा खुलातर्फ ३२६ जना, आदिवासीरजनजातितर्फ ८५, मधेसीतर्फ ७४, महिलातर्फ ५३, दलिततर्फ ४०, पिछडिएको क्षेत्रतर्फ १४ र अमर तथा अशक्त सशस्त्र प्रहरी कर्मचारीका सन्ततिका लागि १२ सिट सुरक्षित गरिएको छ।

बिज्ञापन

त्यसैगरी साधारण उपसमूहतर्फ विभिन्न ६ वटा ट्रेडका ६२ जना सशस्त्र प्रहरी परिचरका लागि पनि आवेदन खुलाइएको छ। जसअन्तर्गत भान्छेतर्फ ३८ जना, कूचिकारतर्फ ८ जना, केशकर्तकतर्फ ७ जना, सूचिकारतर्फ ६ जना, चर्मकर्मीतर्फ २ जना र माली पदका लागि १ जनाको माग गरिएको छ। यी पदहरूमा पनि खुला र समावेशी कोटा निर्धारण गरिएको छ।

बिज्ञापन

दरखास्त फाराम भदौ ३० गतेदेखि असोज २८ गतेसम्म कार्यालय समयभित्र बुझाउन सकिनेछ। अनलाइनमार्फत फाराम भर्ने आवेदकले दरखास्त दिँदा रोजेको सम्बन्धित कार्यालयमा असोज ३० गतेभित्र स्वयं उपस्थित भई सक्कल दरखास्त फाराम बुझाउनुपर्नेछ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मन्त्री नै कानुन आयोगको अध्यक्ष हुने गरी ऐन संशोधन,आज पेश हुँदैछ विधेयक

सशस्त्रमा खुल्यो ६६६ जनाका लागि भर्ना

सिंहदरबारभित्रैका उच्च सरकारी अधिकृत हनिट्यापमा,महिला कारागारमा

प्रदेशका कर्मचारीको तलबमान अब संघ सरह,करारका प्रोत्साहन भत्ताका लागि कार्यदल

रौतहटका सिडियो हिजो पदभार,आजै विवाद

सिके राउतबाट कारवाहीमा परेका साह बने उद्योग मन्त्री

दुई सचिवको सरुवा,दुईको प्रदेशमा पदस्थापन,पूर्व सचिवलाई सेवा आयोगको अध्यक्ष

‘रसुवालाई सामान्य राहतले पुग्दैन’ : सांसद आचार्यको सरकारसँग विशेष प्याकेज माग

बिशेष