सिंहदरबारभित्रैका उच्च सरकारी अधिकृत हनिट्यापमा,महिला कारागारमा

सरकारी अधिकृतलाई हनिट्यापमा पार्ने एक महिला कारागार चलान भएकी छिन् । उच्च तहका सरकारी कर्मचारी नै हनी ट्र्यापममा परेको खुलासा भएको हो । उनलाई हनी ट्र्यापमा पारेर रकम असुलेको आरोपमा एक महिला पुर्पक्षका लागि कारागार चलान भएकी छिन् ।

बिज्ञापन

सिंहदरबारभित्रै कार्यरत एक सरकारी उच्च अधिकारीलाई हनिट्रयापमा पारेको आरोपमा रामेछाप घर भएर काठमाडौँ बस्दै आएकी कुसुम गुभाजुलाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागी थुनामा पठाउने आदेश गरेको हो ।

बिज्ञापन

गुभाजुले ४ वर्षअघि सामाजिक सञ्जालबाट चिनजान भएका ती अधिकृतलाई हनिट्रयापमा पारेर रकम असुलेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सामाजिक सञ्जालमार्फत चिनजान भएर नजिक भएपछि केही समय दुवै जना कपन र वसुन्धाराको डेरामा सँगै बसेको महिलाको दाबी रहेको छ तर ती सरकारी अधिकृतले आफूसँग गुभाजुले २०८३ जेठमा पटक पटक गरेर २७ लाख नगद असुलेको बताएका छन् । पटकपटक रकम माग्दै नदिए फसाउने धम्की दिएपछि आजित भएर ती कर्मचारी जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पुगेका थिए । ती कर्मचारीको जाहेरीपछि प्रहरीले गुभाजुलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीविरुद्ध आपराधिक लाभ तथा विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो ।
प्रहरीका अनुसार ती अधिकृतले १५ जेठ २०८३ ती महिलालाई कनेक्ट आईपीएसमार्फत १० लाख, १९ जेठ २०८३ मा राष्ट्रिय वाणिज्य बैंकको २ थान चेकमार्फत ७ लाख ५० हजार र २ लाख ५० हजार गरी अर्को १० लाख दिएको दाबी कर्मचारीको छ । यस बाहेक नगद ७ लाख रुपैयाँ पनि दिएको ती कर्मचारीको भनाइ छ । पटकपटक गरी २७ लाख असुल्दा समेत उनले थप ५० लाख नदिए सबै कुरा सार्वजनिक गरिदिने धम्की दिए पछि ती सरकारी अधिकृत प्रहरीमा पुगेका थिए ।

गुभाजुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २५३ को आपराधिक लाभ लिन नहुने कसुर र विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गर्न नहुने कसुर गरी दुई वटा कसुरमा प्रतिवेदन बुझाएको थियो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलको आदेश पछि ती महिलालाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सशस्त्रमा खुल्यो ६६६ जनाका लागि भर्ना

सिंहदरबारभित्रैका उच्च सरकारी अधिकृत हनिट्यापमा,महिला कारागारमा

प्रदेशका कर्मचारीको तलबमान अब संघ सरह,करारका प्रोत्साहन भत्ताका लागि कार्यदल

रौतहटका सिडियो हिजो पदभार,आजै विवाद

सिके राउतबाट कारवाहीमा परेका साह बने उद्योग मन्त्री

दुई सचिवको सरुवा,दुईको प्रदेशमा पदस्थापन,पूर्व सचिवलाई सेवा आयोगको अध्यक्ष

‘रसुवालाई सामान्य राहतले पुग्दैन’ : सांसद आचार्यको सरकारसँग विशेष प्याकेज माग

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको स्वास्थ्य सेवा, ३ हजार ६ सयभन्दा बढीको उपचार

बिशेष