दुई सचिवको सरुवा,दुईको प्रदेशमा पदस्थापन,पूर्व सचिवलाई सेवा आयोगको अध्यक्ष

सरकारले दुई सचिवको सरुवा गरेको छ। आज बसेको क्याविनेट बैठकले विभिन्न सात निर्णयहरु गरेको छ । जसमा केही सचिवहरुको सरुवा,केही सहसचिवहरुको बढुवा तथा पदस्थापनको निर्णय गरेको हो ।

बिज्ञापन

प्रशासनिकतर्फ सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गरी प्रदेशका प्रमुख सचिवको जिम्मेवारी दिएको छ। सहसचिव विनोदबहादुर कुँवरलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिवमा बढुवा गरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवका रूपमा पदस्थापन गर्ने निर्णय भएको छ।त्यस्तै, सहसचिव उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरिएको छ।

बिज्ञापन

रिक्त रहेको महालेखा नियन्त्रक र निर्वाचन आयोगमा प्रदेशका सचिवहरुलाई सरुवा गरेर ल्याएको हो । क्याविनेटले सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव बैकुण्ठ प्रसाद अर्याललाई महालेखा नियन्त्रकको कार्यालय र लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीलाई निर्वाचन आयोगको सचिवमा सरुवा गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्ले शिक्षक सेवा आयोगको अध्यक्षमा भक्तपुरका डा हरिप्रसाद लम्साललाई नियुक्त गर्ने निर्णय गरेको छ। लम्साल नेपाल सरकारका पूर्व सचिव हुन । आयोगको सदस्यमा मकवानपुरका रामशरण सापकोटा तथा महिला सदस्यमा काठमाडौँकी विष्णु घिमिरे रिमाललाई नियुक्त गर्ने निर्णय पनि भएको छ।

बिज्ञापन

बैठकले अनुचित लेनदेन अर्थात् मिटर ब्याजसम्बन्धी अपराध नियन्त्रणका लागि नयाँ विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ।

त्यस्तै, काठमाडौँ, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका २७ स्थानीय तहमा रहेका १७ हजार ४ सय ३८ गरिब घरपरिवारको सूची स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। मन्त्रिपरिषद्ले नेपाल भारत अन्तर सरकारी उपसमिति (आईजीएससी)को बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको राजीनामा स्वीकृत गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपककुमार साहको नाम नियुक्तिका लागि सिफारिस गरेको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सिके राउतबाट कारवाहीमा परेका साह बने उद्योग मन्त्री

दुई सचिवको सरुवा,दुईको प्रदेशमा पदस्थापन,पूर्व सचिवलाई सेवा आयोगको अध्यक्ष

‘रसुवालाई सामान्य राहतले पुग्दैन’ : सांसद आचार्यको सरकारसँग विशेष प्याकेज माग

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको स्वास्थ्य सेवा, ३ हजार ६ सयभन्दा बढीको उपचार

गौरीकुमारीको ठाउँमा गणेश कि रहविर ?

अमरेशको आक्रोश – ‘सरकारको केन्द्र सिंहदरबार होइन, ज्वागल बनेको छ’

गहभरी आँशु पारेर मन्त्रालयबाट बाहिरिइन मन्त्री यादव

प्रदेश लोकसेवा आयोगको सचिवमा कुरुम्वाङ

बिशेष