मन्त्री पदबाट राजीनामा दिएर हिडेकी गौरीकुमार यादव गहभरी आँशु पारेर सिंहदरबारबाट बाहिरिएकी छिन् । पाँच महिना अगाडि उद्योग मन्त्रीको जिम्मेवारी सम्हाल्न पुगेकी यादव आफ्नै विवाद्स्पद् अभिव्यक्तिका कारण मन्त्रीको कुर्सीबाट हट्नु परेको छ । मन्त्री यादवले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष आफ्नो पदबाट राजीनामा हुन ।
बिज्ञापन
उनले व्यक्तिगत कारणले राजीनामा दिएको जनाए पनि विवाद्स्पद् अभिव्यक्ति पछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबाट राजीनामा दिएर रुदैं बाहिरिएकी हुन ।राजीनामा बुझाएर मन्त्रालयबाट बाहिरिने क्रममा मन्त्री यादव निकै भावुक देखिएकी थिइन् उनको आँखामा आँसु देखिएको थियो ।
बिज्ञापन
हिजो संसदीय समितिको बैठकमा काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यास व्यवस्थापन गर्न नसकेपछि मन्त्री यादव उद्योगी र कर्मचारीहरुसँग आक्रोशित बनेकी थिइन्। उनले उद्योगी र कर्मचारीहरूसँग आफू वाक्क भएको बताएकी थिइन्। उनले उद्योगीहरूलाई पाता नफर्काएसम्म ग्यास सहज नहुने अभिव्यक्ति दिएकी थिइन ।
राजीनामालगत्तै मन्त्रालय छाडेकी यादव आँखाभरी आँशु पारेर मन्त्रालयबाट बाहिरिएकी हुन । यादवले गत चैत २७ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीका रूपमा शपथ लिएकी थिइन् । उनी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।



























