विवादस्पद् अभिव्यक्ति दिएकी उद्योग मन्त्री गौरीकुमारी यादवले दिइन राजीनामा

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएकी छन् । उद्योगीको पाता फर्काउनुपर्ने भन्ने विवादाष्पद अभिव्यक्तिपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले प्रधानमन्त्री बालेन शाह समक्ष राजीनामा बुझाएकी हुन् । मन्त्री यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् ।

बिज्ञापन

उद्योगीलाई पाता कस्ने र लाइसेन्स खारेज गर्नेसम्मको धम्की दिएपछि व्यवसायीहरूले प्रधानमन्त्रीको कार्यालयमा समेत फोन गरेर उक्त विवादास्पद अभिव्यक्ति फिर्ता नलिए सशक्त आन्दोलन थाल्ने चेतावनी दिएका थिए । मन्त्री यादवले सरकारभन्दा कर्मचारीतन्त्र शक्तिशाली देखिएको भन्दै प्रशासनिक संयन्त्रमाथि कडा असन्तुष्टि जनाएकी थिइन्।

बिज्ञापन

 

उनले चैत २७ गते मन्त्री पदको शपथ लिएकी थिइन् । उनी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद् हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

गौरीकुमारीको ठाउँमा गणेश कि रहविर ?

अमरेशको आक्रोश – ‘सरकारको केन्द्र सिंहदरबार होइन, ज्वागल बनेको छ’

गहभरी आँशु पारेर मन्त्रालयबाट बाहिरिइन मन्त्री यादव

प्रदेश लोकसेवा आयोगको सचिवमा कुरुम्वाङ

विवादस्पद् अभिव्यक्ति दिएकी उद्योग मन्त्री गौरीकुमारी यादवले दिइन राजीनामा

४६ शाखा अधिकृतको सरुवा : ३० लाई स्थानीय तह,१६ लाई ल्याइयो सिंहदरबार

परामर्शका लागि लोकसेवा आयोगमा पुग्यो संघीय निजामती सेवा विद्येयक

मन्त्रिपरिषद्को बैठक बस्दै : दुई सचिव बढुवाको सम्भावना

बिशेष