सहयोग गर्नलाई धन चाहिन्छ कि मन ? मुख्यसचिवस्तरीय बैठकले संघीय निजामती कर्मचारीहरूको २ देखि १० दिनसम्मको तलब कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब ३६ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । सो निर्णय अनुसार राष्ट्रसेवक कर्मचारीहरूको भदौ महिनाको तलबबाट राजपत्रांकित तृतीय र द्वितीय श्रेणीको ७ दिनको पारिश्रमिक कट्टा गरी प्रधानमन्त्री कोषमा जम्मा हुँदैछ ।
बिज्ञापन
तर व्याट ३५ र ४० का शाखा अधिकृतहरु यसैमा रोकिएनन् । उनीहरुले मन फुकाए र थप रकक सहयोग गरेका छन्,प्रधानमन्त्री दैवी प्रकोप कोषमा । भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण प्रभावितलाई राहत, उद्धार तथा पुनस्थापन र पुननिर्माणका लागि ब्याट ३५ र ४० का शाखा अधिकृतहरुले सहयोग गरेका छन् ।
बिज्ञापन
ब्याट ३५ अधिकृतहरुले तीन लाख १९ हजार एक सय ३९ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन । जम्मा गरिएको रकममध्ये एक लाख ७१ हजार दुई सय ३४ रुपैयाँ कोषमा सिधै जम्मा भएको र ब्याटको कोषमा जम्मा भएको एक लाख ४७ हजार नौ सय पाँच रुपैयाँ गरी कुल तीन लाख १९ हजार एक सय ३९ रुपैयाँ विपद् प्रभावितका लागि सहयोग गरिएको सो व्याटले जनाएको छ ।
सो व्याटमा मंगलबहादुर विष्ट अध्यक्ष रहेका छन् भने अन्य पदाधिकारीहरुमा लिला सुवेदी,देबेन्द्र सुवेदी र बोमलाल पराजुली रहेका छन् ।
यस अघि नै शाखा अधिकृत ब्याट ४० समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख २४ हजार ४४४ रुपैंया ४४ जम्मा गरेका थिए । सो कामको सहजीकरण कुमार राना र बाबुराम घिमिरे लगायतले गरेका थिए । व्याट–४० भनेको आधारभूत प्रशासनिक प्रशिक्षण लिएका शाखा अधिकृतहरुको ४०औं समुह हो । यो समुहमा २०३ जना शाखा अधिकृत छन् । यसमध्ये ३२ जना विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत छन् भने ४० जना मालपोत कार्यालयहरुमा कार्यरत छन् । यस्तै, ६ जना शाखा अधिकृतहरु गृहमन्त्रालय र मातहत कार्यालयहरुमा छन् भने ५ जना श्रम तथा रोजगार मन्त्रालयमा कार्यरत र बाँकी शाखा अधिकृतहरु लेखा, लेखापरीक्षण र संसद सेवामा कार्यरत छन् ।



























