अन्तर्वार्ताको सूचीबाट हटाइए उपसचिवका तीन उमेद्धार

लोकसेवा आयोगले उपसचिव तहका परीक्षाका तीन जना उमेद्धारहरुलाई अन्तर्वार्ताको सूचीबाट हटाएको छ । आयोगले प्रशासन सेवाका लेखा,राजश्व,समूहका उमेद्धारहरुलाई अन्तर्वार्ताको सूचीबाट हटाएको जनाएको छ ।
जस अनुसार,आयोगको विज्ञापन नम्बर १६६८४ तर्फ प्रशासन सेवा लेखा समूहका सुरेन्द्र कार्की,प्रशासन सेवा राजश्व समूहकै उमेद्धार उनै सुरेन्द्र कार्कीको अलवा प्रशासन सेवा राजश्व समूहतर्फका उमेद्धार अञ्जु चौधरी र वाचस्पति सुनुवारलाई सूचीबाट हटाएको हो ।
आयोगको सूचना अनुसार,उपसचिव वा सो सरहका पदका लागि इन बास्केट एक्सरसाइज तथा अन्तर्वार्ताका लागि छनौंट भएका उमेद्धारहरुको अनुभव लोकसेवा आयोगको कार्य सञ्चालन निर्देशिका २०७९ को दफा ११ को उपदफा ५ खण्ड ज मा भएको राजपत्राकिंत प्रथम र द्धितीय श्रेणीको जसन सेवा,समूहमा आवेदन गर्ने हो सो सेवा समूहको राजपत्राकिंत तृतीय श्रेणीको पदका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता हासिल गरेपछि अधिकृतस्तरको अनुभवलाई मात्र मान्यता दिइने भन्ने व्यवस्था रहेको कारण माथि उल्लेखित उमेद्धारहरुको योग्यता नपुगेको देखिँदा उनीहरुको दरखास्त र परीक्षा समेत बदर गरी अन्तर्वार्ताको सूचीबाट नाम हटाउने आयोगको निर्णय भएको जनाइएको छ ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

७२ कम्युटर अपरेटरहरुको सरुवा : १८ लाई गृह,२२ भूमि व्यवस्था तथा अभिलेख विभाग

अन्तर्वार्ताको सूचीबाट हटाइए उपसचिवका तीन उमेद्धार

कुमारी बैंकका अध्यक्ष र माननीय विदूषीविरुद्ध अंश मुद्धा दायर

२५ उपसचिवको सरुवा : १३ लाई प्रमुख प्रशासकीय अधिकृत,पाँच भित्रिए सिंहदरबार

२५ उपसचिवको सरुवा, अधिकांशलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

सचिव बढुवाका लागि सहसचिव कुँवरको एकल नाम सिफारिस

जासुसको सर्टिफिकेट नै नक्कली,अख्तियारले हाल्यो मुद्धा

प्रशासनिक संयन्त्रप्रति मन्त्रीको आक्रोश : ‘कर्मचारीले मलाई टेरेनन्, केही गर्न सकिन’

बिशेष