२५ उपसचिवको सरुवा : १३ लाई प्रमुख प्रशासकीय अधिकृत,पाँच भित्रिए सिंहदरबार

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ जना उपसचिवको सरुवा गरेको छ। यसरी सरुवा भएकामा १३ जनालाई विभिन्न स्थानीय तहमा खटाइएको छ । भदौ २२ गतेको निर्णय अनुसार गरिएको सरुवामा व्यवसायिक तथा सीप तालिम केन्द्रबाट पुष्पराज कटवाललाई वनगाढ कुपिन्डे नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको छ ।

बिज्ञापन

यस्तै स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएका उपसचिवहरुमा सार्वजनिक खरिद कार्यालयबाट इन्द्र गौतमलाई घोडाघोडी नगरपालिका,कैलाली,उद्योग मन्त्रालयबाट भीम प्रसाद भट्टराईलाई विरेन्द्रनगर नगरपालिकामा खटाइएको छ । यस्तै,पूर्वाधार विकास मन्त्रालयबाट प्रकाश आचार्यलाई बेदकोट नगरपालिका,कञ्चनपुरमा खटाइएको छ । महिला मन्त्रालयबाट बसन्त पन्थीलाई लेकबेसी नगरपालिका,सुर्खेतमा खटाइएको छ ।
सूची अनुसार,उद्योगबाट नारायण प्रसाद भण्डारीलाई मुसिकोट नगरपालिका,श्रीधर गौतमलाई गोदावरी नगरपालिका,कैलाली,बन्दना राईलाई गृहबाट शुक्लाफाँट नगरपालिका,शिक्षा मन्त्रालयबाट शंकरराज पाठकलाई बेलकोटगढी नगरपालिका,कृषि मन्त्रालयबाट बाबुराम घिमिरेलाई भिमदत्त नगरपालिका,सिद्धार्थनगर नगरपालिकाबाट जनक थापालाई माडी नगरपालिका,चितवनमा पठाइएको छ । माडीबाट जगत भुसाललाई शुक्लागण्डकी नगरपालिका पुर्याइएको छ । बनगाढ कुपिण्डेबाट गोकर्ण पन्थी मध्यविन्दु नगरपालिका पुगेका छन् ।

बिज्ञापन

यस्तै स्थानीय तहको प्रमुख प्रशासकीय बाट शिशिर पौडेल,हरिदत्त भट्ट बेदकोट,नेत्र घिमिरे बेलकोटगढी नगरपालिकाबाट,भिमदत्तबाट महेशबहादुर बम गृहमा भित्रिएका छन् । तारा ज्ञवाली लुम्बिनी सांष्कृतिक पालिकाबाट सञ्चार,

 

बिज्ञापन

सरुवा गरिएका अधिकांश उपसचिवहरूलाई स्थानी तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

२५ उपसचिवको सरुवा : १३ लाई प्रमुख प्रशासकीय अधिकृत,पाँच भित्रिए सिंहदरबार

२५ उपसचिवको सरुवा, अधिकांशलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

सचिव बढुवाका लागि सहसचिव कुँवरको एकल नाम सिफारिस

जासुसको सर्टिफिकेट नै नक्कली,अख्तियारले हाल्यो मुद्धा

प्रशासनिक संयन्त्रप्रति मन्त्रीको आक्रोश : ‘कर्मचारीले मलाई टेरेनन्, केही गर्न सकिन’

जेनजी सहिदको शालिक अनावरण स्थगित, फर्किए मन्त्रीहरु

लहडी निर्णय, लामो लफडा

महिलाको मन्त्रालय,नीतिगत नेतृत्वमा पुरुष कर्मचारीकै बोलवाला

बिशेष