भोटेकोशी बाढी : ७१ कर्मचारी ६८ सुरक्षाकर्मी वेपत्ता

  नेपाल–चीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण रसुवाबाट तीन हजार ७१ जना अझै सम्पर्कविहीन रहेका छन् ।

बिज्ञापन

जिल्ला प्रशासन कार्यालयका अनुसार यसरी हराएकामा ७९ जना सरकारी कर्मचारी रहेका छन् । श्रीनाथ गण, ब्राबल ब्यारेकअन्तर्गतका २७ नेपाली सेना, २८ नेपाल प्रहरी, १३ सशस्त्र प्रहरी,यस्तै २६ जना बैंक तथा वित्तीय संस्थाका कर्मचारी अझै सम्पर्क बाहिर छन् । यसरी सम्पर्कभन्दा बाहिर रहेकामा विद्युत प्राधिकरणका ४७ जना कर्मचारी रहेका छन् । प्राधिकरणका अनुसार, हालसम्म माथिल्लो त्रिशुली–३ ए जलविद्युत् केन्द्रको पुरिएको संरचनाबाट ४७ कर्मचारी अझै फेला परेका छैनन । यसरी वेपत्ता भएका कर्मचारीहरुमा इन्जिनियर, सुपरभाइजर, फोरम्यानदेखि सुरक्षा गार्डसम्म रहेका छन् । जसमा इन्जिनियरहरू दिलिप यादव, राजेन्द्र ढकाल, महेन्द्र विक्रम शाही, र निरजन पांगेनी लगायत रहेकाछन् । बैतडीका विनोद प्रसाद पाण्डे,पर्साका दिलिप यादव,सिन्धुली स्थायी ठेगना भएका राजेन्द्र ढकाल,जाजरकोट घर भइ माथिल्लो त्रिशुली ३ एमा कार्यरत महेन्द्र विक्रम शाही,सोही जलविद्युत परियोजनामा कार्यरत रहेका महोत्तरीका सन्तोष कुमार ठाकुर,बुटबल स्थायी ठेगना रहेका इन्द्र अधिकारी,सप्तरी घर भएका ओम प्रकाश चौधरी,महोत्तरीका विकास यादव सम्पर्कमा छैनन । यस्तै बाराका रमेश कुमार यादव,विदुर स्थायी ठेगना भएका सानु बहादुर श्रेष्ठ,काभ्रेपलाञ्चोक घर भएका आइत तामाङ,कल्याणपुर नुवाकोटका हरि बहादुर बोगटी,सिन्धुली घर भएका खगेन्द्र मगरती,प्यूठानका सुर्य बहादुर के सी समेत सम्पर्कमा छैनन् ।

बिज्ञापन

उता जिल्ला जनस्वास्थ्यका अनुसार,जिल्लामा कार्यरत १२ जना स्वास्थ्यकर्मी हालसम्म सम्पर्कविहीन रहेका छन् । जसमा स्याफ्रुबेसी स्वास्थ्य चौकीमा कार्यरत खम्बु बोहोरा, गोसाइँकुण्ड गाउँपालिकाकी मनोसामाजिक परामर्शकर्ता कोपिला केसी, दाहालफेदी सामुदायिक स्वास्थ्य एकाइका विजयकुमार घले, टिमुरे स्वास्थ्य चौकीका सुस्मिता पाण्डे, कर्मा हिलिस घले र सरिता मल्ल, रसुवागढी हेल्थ डेस्कमा कार्यरत हेल्थ असिस्टेन्ट गोविन्द यादव र स्टाफ नर्स ललिता देवी कुमाई, उत्तरगया गाउँपालिकाको स्वास्थ्य शाखाका बलराम न्यौपाने र प्रदीप न्यौपाने, उत्तरगयास्थित श्री निलकण्ठ माध्यमिक विद्यालयकी विद्यालय नर्स ममता श्रेष्ठ तथा उत्तरगयाको सामुदायिक स्वास्थ्य इकाइमा कार्यरत दिनिशा शाही पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

 बाढीका कारण हालसम्म जिल्लामा एक हजार ३१३ जनाको जीवितै उद्धार गरिएको प्रशासनले जनाएको छ । बाढी र पहिरोको चपेटामा परेका एक हजार २२७ नेपाली र ८६ विदेशी पर्यटकको सुरक्षाकर्मी तथा स्थानीयको सक्रियतामा सफल उद्धार गरिएको छ । बाढीका कारण अलपत्र परेका तथा गोसाइँकुण्ड क्षेत्रमा रोकिएका १४५ तीर्थयात्री तथा स्थानीयलाई हेलिकप्टरमार्फत नुवाकोट र काठमाडौँतर्फ सुरक्षित स्थानान्तरण गरिएको छ ।

बिज्ञापन

उत्तरगया–५ का जनक आचार्य, गङ्गादेवी श्रेष्ठ, पुदुली तामाङ, आशवीर तामाङ र आशिष बानियाँ तथा गोसाइँकुण्ड–६ की छिरिङ ग्याल्मो तामाङको शव सनाखत भएको हो । अन्य विभिन्न स्थानमा फेलापरेका १६३ शवमध्ये पाँच जनाको सनाखत भइसकेको र बाँकीको सनाखत प्रक्रिया तथा डिएनए परीक्षणका लागि मुचुल्का उठाउने कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढी : ७१ कर्मचारी ६८ सुरक्षाकर्मी वेपत्ता

विद्युतका ४७ कर्मचारी वेपत्ता

“जलवायु अनुकूलता र स्थानीय शासन: समुदायमै आधारित समाधान”

विपत्तिमा चार वाणिज्य बैंक वेपत्ता

पहिलो ‘पोस्टिङ’मा टिमुरे पुगेका आयुष बिलाए बाढीमा

६ सचिव रिक्त,महिना दिनभित्रैमा पाँच जाँदैछन् अनिवार्य अवकाशमा

११ दिनदेखि सुरुङको मुखमा आशा : ‘मेरो छोरा जीवितै छ, उद्धार गरेर ल्याइदिनुस्’

सुरुङबाट तीन र घरको भग्नावशेषबाट एक महिला गरी चारको उद्धार,आशाको सञ्चार

बिशेष