हिजो र आजको घटनाक्रमले भोटोकोसी बाढीमा परेर हराइरहेका आफन्त खोजिरहेकाहरुमा आशाको सञ्चार छाएको छ । शुक्रवार र शनिवार गरी दुई दिनमा सुरुङबाट तीन जना र घरको भग्नावशेषबाट एक महिलाको जीवितै उद्धार गर्न सफल भएसँगै रसुवा बाढीपछिको उद्धार अभियानमा थप आशाको सञ्चार भएको छ।
बिज्ञापन
आज शनिवारमात्र रसुवा बाढीपछि वेपत्ता भएका दुई व्यक्तिको जीवितै उद्धार गरिएको छ । सशस्त्र प्रहरीले भोटेकोशी बाढीपछि बेपत्ता एक वृद्वाको ११ दिनपछि जीवित उद्धार गरेको छ । वाकोटको बेत्रावतीस्थित एघ घर पुरिएको ११ औँ दिनमा बिदुर नगरपालिका–१० की चन्डिका श्रेष्ठको जीवितै उद्धार गरिएको छ। सशस्त्र प्रहरीको नम्बर १९ गुल्मबाट इन्स्पेक्टर सुमनकुमार बिकको कमाण्डमा गएको नौ जनाको टोलीले खोजतलास कार्य शुरु गरिरहेको थियो । सोही समयमा पहिरोले आधा पुरिएको अवस्थामा रहेको घरभित्रबाट मानिसको आवाज आएको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले उत्खनन गर्दा श्रेष्ठलाई जीवितै फेला पारेको हो। ११ दिनसम्म पहिरोभित्र पुरिएर पनि जीवितै रहन सफल उनी स्पष्ट बोल्न सक्ने अवस्थामा रहेको उद्धारकर्मीहरुले जनाएका छन् । उनलाई तत्काल उपचारका लागि स्वास्थ्य संस्था लगिएको छ।
बिज्ञापन
यसअघि नेपाली सेनाले अपर त्रिशूली १ बाट पनि एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ। यसअघि शुक्रबार पनि बाढी आएको १०औँ दिनमा त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको थियो। सुरुङबाट सञ्जय साह र कबिर महर्जनलाई जीवितै बाहिर निकालिएको थियो।




























