बाढीका कारण ५३ सरकारी संरचना ध्वस्त,१६० कर्मचारी वेपत्ता,तीन मृत

भदौ १० गतेको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ५३ वटा सरकारी संरचना ध्वस्त भएका छन् । सहरी विकास तथा भवन निर्माण विभागका अनुसार,तीन जिल्लामा मात्र झण्डै साढे सात हजार घर पूर्ण रुपमा क्षति भएको छ ।

बिज्ञापन

पूर्वाधार विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभागको टोलीले गरेको प्रारम्भिक अध्धयन अनुसार,रसुवा र नुवाकोटमा गरी सात हजार ५६ बढी घरमा पूर्ण रुपमा क्षति पुगेको विवरण तयार पारेको हो । जसमा नुवाकोटमा मात्र ३ हजार ९७७ वटा घरमा क्षति पुगेको र रसुवामा १ हजार ७ सय ७९ घरमा पूर्ण रुपमा क्षति पुगेको प्रारम्भिक तथ्यांक संकलन गरेको छ । जसमध्ये नुवाकोटको सदमुकाम विदुरमा ३ हजार २६, किस्पाङमा ६९६, बेलकोटगढीमा २९२ र तारकेश्वरमा ४३ घर क्षतिग्रस्त भएका छन्। त्यस्तै, रसुवामा १ हजार ७७९ घरमा क्षति पुगेकोमा गोसाइँकुण्ड गाउँपालिकाको २ र ३ नम्बर वडा तहसनहस भएको छ। सो पालिकामा मात्रै १ हजार ४० घरमा क्षति पुगेको छ।यस्तै, उत्तरगयामा ५६७ घर क्षतिग्रस्त भएका छन् भने कालिकामा ११२, आमाछोदिङ्मोमा ५७ घरमा क्षति पुगेको प्रारम्भिक रिर्पोट तयार पारेको छ । यस्तै धादिङमा कुल ३ हजार ४ सय ५१ घरहरू क्षतिग्रस्त भएका छन् । यसमध्ये बेनिघाट रोराङमा १ हजार ०३७, सिद्धलेकमा ३२८, गजुरीमा १०७ र गल्छीमा ९९ घरहरू बाढीको चपेटामा परेका छन् ।

बिज्ञापन

यस्का अलवा रसुवा, नुवाकोट र धादिङमा गरी ५३ वटा सरकारी संरुचना बाढीका कारण ध्वस्त भएको छ । बाढीले रसुवा भन्सार कार्यालय, प्रहरी चौकी दुई वटा, अध्यागमन कार्यालय, राष्ट्रिय निकुञ्जको चेकपोस्ट, प्लान्ट क्वारेन्टाइनको कार्यालय, उत्तरगया र गोसाइँकुण्ड गाउँपालिकाका प्रशासनिक भवन,पालिकाका वडा कार्यालय, गाउँपालिकाका स्वास्थ्य कार्यालय, कृषि कार्यालय, पशुसम्बन्धी कार्यालयल,विद्यालय गरी ५३ वटा सरकारी संरचना ध्वस्त भएका छन् । यसमा सुरक्षा निकायका भवनमा भएको क्षतिको संख्या जोडिएको छैन । यी सरकारी पूर्वाधारहरुको पुनर्निर्माणमा २ अर्ब लाग्ने आँकलन गरिएको छ ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रारम्भिक विवरण अनुसार बाढीबाट अहिलेसम्म कर्मचारी, शिक्षक,यस्तै ४५ जना नेपाली सेना र ३५ जना नेपाल प्रहरीहरु समेत सम्पर्क विहिन रहेका छन् । जसमा २५ जना सङ्घीय निजामती कर्मचारी, १९ जना स्थानीय तहका कर्मचारी र १६ जना शिक्षक छन् । बेपत्ता भएका कर्मचारीमध्ये तीन जनाको मृत्यु पुष्टि भइसकेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बाढीका कारण ५३ सरकारी संरचना ध्वस्त,१६० कर्मचारी वेपत्ता,तीन मृत

स्टन्टको आरोपपछि गृहमन्त्रीको प्रष्टीकरण : ‘पुराना नेता जस्तो मन्त्रालयको कुर्सीमा मात्रै बस्ने म परिनँ’

मुस्ताङ भन्सारमा विवादित कर्मचारीको ‘टिम’, कर्मचारीको ‘सेटिङ’ले अर्थमन्त्री बदनाम

अशक्तको घरमा प्रजिअ : घरमै नागरिकता पाइन अस्मिताले

लिखतसम्बन्धी कसुरमा कम्युटर अपरेटर पक्राउ

त्रिशूली ३ ए को सुरूङबाट २ जनाको जीवितै उद्धार

योग्यतम अफिसरहरूले किन दिँदैछन् भटाभट राजीनामा ?

बाढीबाट रसुवा- नुवाकोटका ६ हजार घर परिवार विस्थापित,बगे दर्जनौं सरकारी कार्यालय

बिशेष