निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

पछिल्लो समय राजीनामाको लहर चलेको छ । निजामती किताबखानाका अनुसार अनिवार्य अवकाशमा जानेको तुलनामा राजीनामा दिनेको संख्या उच्च रहेको छ। यसरी
राजीनामा दिनेमा सहायकस्तरदेखि प्रथम श्रेणाीसम्मका उच्चपदस्थ सचिव तहका कर्मचारीहरु समेत रहेका छन् ।

बिज्ञापन

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार आएपछि यता झण्डै ५ सय कर्मचारीहरुले राजीनामा दिएर घर फर्किएका छन् । चैत्र दोश्रो सातादेखि भदौं दोश्रो साताम्ममा झण्डै ५ सय कर्मचारीले राजीनामा दिएर घर फर्किएका छन् । यसरी राजीनामा दिएर घर जानेमा जागिर अवधि साता दिन बाँकी रहेकादेखि १५ बर्ष भएका कर्मचारीसम्म रहेका छन् ।

बिज्ञापन

जस्तो पछिल्लो समयमा सहसचिव लेखनाथ ज्ञवालीले अनिवार्य अवकाशको दुई महिना अगावै,सम्पत्ति शुद्धीकरणको मामलामा विज्ञ सहसचिवद्वय विनोद लामिछानेले दुई महिना अगावै र चन्द्रबहादुर शिवाकोटीले समेत दुई महिना अगावै राजीनामा दिएका हुन । साउन महिना लागेपछि नेपाल प्रशासन सेवाका सहसचिव शिवादेवी दाहाल, लोकप्रसाद न्यौपाने र टेकनारायण पौडेलले साउन दिएर घर गएका छन् । राजीनामा दिएकामध्ये दाहालको साढे ३ वर्ष, न्यौपाने र पौडेलको डेढ वर्ष जागिर बाँकी नै थियो । यस्तै,यही अवधिमा एक हप्ताभित्रै घर जान लागेका सचिव बाबुराम अधिकारीले राजीनामा दिएर घर गइसकेका छन् ।

यस्तै तथ्यांकबाट सरुवा भएर सूचना तथा सञ्चार मन्त्रालय सचिव डा कमलप्रसाद पोखरेल त्यहाँ हाजिर भएको दुइ दिन पछि नै राजीनामा दिएका थिए । २०८४ भदौ २२ गते ५८ वर्ष पूरा हुने सचिव पोखरेलले १३ महिना अगाडि नै राजीनामा दिएका छन्। यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै अर्का सचिव डा गोविन्द शर्माले पनि अनिवार्य अवकाश हुनुभन्दा २० दिनअगावै राजीनामा दिएका थिए । यस्तै सोही अवधिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव किरणराज शर्मा अवकाशको दिनसम्म नै बिदा लिएर हिडेका थिए । उनी अवकाशमा गइसकेका छन् । हालैमात्र झापाका बहालवाला प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले ६ महिना जागिर अवधि बाँकी छँदै राजीनामा दिए । यस्तै दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले तीन महिना जागिर अवधि बाँकी छँदै राजीनामा दिएका छन् । यसरी राजीनामा दिनेमध्येका प्रभात झा पनि एक हुन, उनी १५ वर्ष जागिर बाँकी छदै सहसचिवबाट राजीनामा दिएर हिडेको केही महिनामात्र भएको छ । २०६३ सालमा सरकारी जागिरमा प्रवेश गरेका झा २० वर्ष पुगेलगत्तै राजीनामा दिएर हिँडेका हुन ।
यस्तै यही अवधिमा उपसचिवहरू भोजबहादुर एडी, श्रीधर पन्थी, शोभाकर पाण्डे, मेघनाथ सापकोटा, लालप्रसाद शर्मा भुसाल, शोभाकर न्यौपाने, सुमा श्रेष्ठ र कृष्ण बेन्जुले राजीनामा दिएका छन्। यस्का अलवा अवधि बाँकी छँदै शाखा अधिकृत विणा श्रेष्ठ, शाखा अधिकृत शेखरनिधि पौडेल, शाखा अधिकृत दिलसेर राई, शाखा अधिकृत मार्किस दोरंगा,कम्प्युटर इन्जिनियर प्रवेश कोइराला, कम्प्युटर अपरेटरद्वय जीवनाथ आचार्य र सवला अर्यालले राजीनामा दिएका सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष