महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

पछिल्लो समय कर्मचारी व्यवस्थापनमा गृह र सामान्य प्रशासन मन्त्रालय चुक्दै गएका छन् । गृहको अतिरिक्त समूहमा अहिले पनि आधा दर्जन सहससचिवहरु रहेका छन् ।
तर विभिन्न चार वटा जिल्ला प्रमुख जिल्ला अधिकारीविहिन छन् । गृह मन्त्रालयले भोजपुरका सिडिओ राजन पौडेललाई पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा गरेसँगै सो जिल्ला सिडियोविहिन हुन पुगेको भए पनि गृहले त्यहाँ प्रमुख जिल्ला अधिकारी खटाउन सकेको छैन । जहाँ उपसचिवको दरबन्दी रहेको छ । यस्तै सहसचिवकै दरबन्दी रहेको सुर्खेत सिडिओकोविहिन छ । सुर्खेतका सिडिओ धर्मराज जोशीको सुदूरपश्चिम प्रदेशमा सरूवा भएपछि सुर्खेत सिडिओविहीन हुन पुगेको छ । उता आजै देखि लागू हुने गरी झापाको प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र दोलाखाको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले राजीनामा दिएसँगै ती तीन जिल्ला प्रमुख जिल्ला अधिकारीविहिन हुन पुगेको छ ।

बिज्ञापन

तर गृह मन्त्रालयको अतिरिक्त समूहमा निजामती किताबखानाबाट तानिएका श्रवणकुमार पोखरेल, चिरञ्जीवी पौडेल, बासुदेव घिमिरे, भूपेन्द्र थापा र पुष्पराज शाही,बलराम निरौलासहितका ६ जना सहसचिवहरु लामो समयदेखि जिम्मेवारविहिन छन् । यस्का अलवा कालीप्रसाद रिजाललाई सरुवा गरेर महिला आयोगमा पठाइएसँगै गृहको प्रशासन महाशाखा र योजना महाशाखा समेत रिक्त रहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

मुस्ताङ भन्सारमा ‘विवादित’ कर्मचारीहरू पठाउने चलखेल

सामाजिक सञ्जालमा धारणा राख्दा अर्काे कर्मचारीको सरुवा,पुर्याइयो कर्णाली

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

बिशेष