जिल्ला प्रशासन कार्यालय चितवनले पहिचान हुन नसकेका र वेवारिसे शवलाई जमिनमुनि व्यवस्थापन गर्ने भएको हो । भोटोकोसीको बाढीमा चितवन जिल्लाका विभिन्न स्थानबाट हालसम्म सङ्कलन गरिएका २ सय २९ वटा शव गाड्ने निर्णय गरेको हो । पहिचान भएका ४ वटा शवबाहेक बाँकी शवहरू सडे गलेको अवस्थामा पुगेका र महामारी फैलिने उच्च जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । शवहरूको अन्तिम संस्कार भरतपुर महानगरपालिका वडा नं १ स्थित देवघाटको खुला स्थानमा जमिनमुनि गाडेर गरिने जिल्ला प्रशासन कार्यालय चितवनका प्रजिअ गणेश अर्यालले जानकारी दिएका छन् ।
बिज्ञापन
बिज्ञापन
जिल्ला सुरक्षा समिति चितवनको आज बिहान बसेको बैठकको निर्णयानुसार पहिचान नभएका तथा वेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ बमोजिम शवहरूको व्यवस्थापन गरिन लागेको हो ।
सबै शवहरूको डिएनए नमुना सङ्कलन गरी संकेत नम्बरका आधारमा सुरक्षित अभिलेख राखिनेछ। यसरी डिएनए सुरक्षित गरेपछि ती शवहरूलाई भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित देवघाटको खुला स्थानमा जमिनमुनि सम्मानजनक, सुरक्षित र कानुनी रूपमा व्यवस्थापन गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले चितवनले जनाएको छ ।

बिज्ञापन

























