बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

रसुवाको टिमुरेमा कार्यरत अध्यागमन अधिकृत यादव भण्डारीको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएको पुष्टि भएको छ। बाढीपछि सम्पर्कविहीन भएका भण्डारीको शव लामो खोजीपछि नवलपरासीमा फेला परेको हो।

बिज्ञापन

टिमुरेस्थित अध्यागमन कार्यालयमा अध्यागमन अधिकृतका रूपमा कार्यरत ३७ वर्षीय भण्डारी बाढी आएपछि बेपत्ता भएका थिए। उनको शव पोखरा ल्याइएपछि दाजु चुडामणि भण्डारीले पहिचान गरेसँगै मृत्युको पुष्टि भएको हो।

बिज्ञापन

गुल्मीको सत्यवती गाउँपालिकामा यसअघि प्रमुख प्रशासकीय अधिकृतका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका भण्डारी निजामती सेवामा कर्तव्यनिष्ठ र मेहनती कर्मचारीका रूपमा परिचित थिए।

गुल्मीबाट बसाइँसराइ गरी नवलपरासीको सुस्ता गाउँपालिका–१ मा बस्दै आएका भण्डारीले सरकारी सेवाका क्रममा विभिन्न जिम्मेवारी निर्वाह गरेका थिए। कार्यरत रहेकै अवस्थामा आएको बाढीले उनलाई बगाएपछि परिवार र सहकर्मीहरू उनको अवस्थाबारे लामो समयसम्म अनभिज्ञ थिए।

बिज्ञापन

भण्डारीको शव नवलपरासीमा भेटिएपछि परिवारमा शोक छाएको छ। बाढीका कारण रसुवाको टिमुरे क्षेत्रमा कार्यरत अन्य कर्मचारीसमेत प्रभावित भएका बेला भण्डारीको मृत्युले सरकारी सेवामा कार्यरत कर्मचारीहरूमा समेत दुःख र चिन्ता थपिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

देश पीडामा,अर्थमन्त्री भोजमा,नाडा अटो व्यवसायी उत्सवमा

रसुवा र नुवाकोटमा बाढीपीडितको उपचारका लागि भक्तपुर अस्पतालबाट दुई मेडिकल टोली परिचालन

रसुवामा प्रभावकारी बन्न सकेन राहत र उद्धार, बाढीले बगाएका बस्तीमा शव कुहिन थाले

सरकारका प्रवक्ता भन्छन्– ग्लेसियर फुटेर लेदोसहितको पानी ओभरफ्लो, तत्काल ठूलो जोखिम छैन

२३ अधिकृत, ४३ लेखापाल र १० सह लेखापालसहित ७६ कर्मचारीको सरुवा

बिशेष