बाढीपीडितको उद्धार र राहतमा तत्काल जुट्न घरेलु तथा साना उद्योग महासंघको अपिल

रसुवाको टिमुरे, स्याफ्रुबेसीलगायत क्षेत्रमा भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघले दुस्ख व्यक्त गर्दै प्रभावित नागरिकको तत्काल उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारसँग आग्रह गरेको छ ।

बिज्ञापन

महासंघले बाढीका कारण बस्ती, बजार, सडक, पुल, सरकारी तथा निजी संरचना, व्यवसायिक प्रतिष्ठान, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको जनाएको छ ।

बिज्ञापन

कतिपय नागरिक तथा सुरक्षाकर्मीसमेत सम्पर्कविहीन रहेको अवस्थामा खोज तथा उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाउन महासंघले सरकार, सुरक्षा निकाय, स्थानीय तह, निजी क्षेत्र तथा सामाजिक संघसंस्थालाई आग्रह गरेको छ । महासंघले प्रभावित क्षेत्रमा फसेका नागरिक तथा व्यवसायीको तत्काल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा प्रभावित परिवारलाई खाद्यान्न, औषधि, कपडा, अस्थायी आवासलगायत अत्यावश्यक राहत सामग्री उपलब्ध गराउन आग्रह गरेको छ ।
आगामी दिनमा हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै भोटेकोशी, त्रिशूलीलगायत नदी किनारका बस्ती तथा व्यवसायिक क्षेत्रमा प्रभावकारी पूर्वसूचना प्रणाली र विपद् जोखिम न्यूनीकरणका कार्यक्रम लागू गर्नुपर्ने महासंघले जनाएको छ ।

राहत तथा पुनस्र्थापनाका कार्यमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रदेश, जिल्ला र स्थानीय पदाधिकारी तथा प्रतिनिधिसँग समन्वय गर्न पनि सरकारलाई आग्रह गरिएको छ । महासंघले विपद्को यस घडीमा प्रभावित नागरिक, उद्योगी–व्यवसायी तथा उनीहरूका परिवारप्रति ऐक्यबद्धता व्यक्त गर्दै सरकार, स्थानीय तह, सुरक्षा निकाय, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा आम नागरिकबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको जनाएको छ । महासंघले प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनस्र्थापनाका कार्यमा आफ्नो तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

थप ८१ लेखा अधिकृतको सरुवा : १२ फाजिल व्यवस्थापन,४ कामकाज

फाजिलमा परेका नासुहरुको व्यवस्थापन गर्ने सामान्य प्रशासनको परिपत्र

८१ जना लेखा अधिकृतहरुको सरुवा (सूचीसहित)

प्रशासन र प्राविधिक सेवाका गरी २५५ कर्मचारीको सरुवा

सीइओ नियुक्तिका लागि अध्यादेशमार्फत ऐन संशोधन : सर्ट लिष्टमा परे पूर्वमन्त्रीदेखि निमित्त हाकिम

‘हाम्रै हातमा प्रहरी र सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्दछ’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

बिशेष