विपद् प्रभावित क्षेत्रमा उद्धारका लागि प्रहरीको ठूलो संख्यामा टोली परिचालन

रसुवा बाढीमा उद्धारका लागि नेपाल प्रहरीले काठमाडौंबाट विपद् व्यवस्थापनका ६५ प्रहरीलाई प्रभावित क्षेत्रमा पठाएको छ । सामाखुशीस्थित विपद् व्यवस्थापन कार्यदलका डीएसपी देवेन्द्रबहादुर मल्लको नेतृत्वमा ३० जनाको टोली हेलिकप्टरबाट त्यसतर्फ जानका लागि अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको छ । यस्तै विपद व्यवस्थापनबाटै स्थलमार्ग हुँदै थप ३५ प्रहरी रसुवातर्फ गएका छन् । उनीहरुले पनि विपद् उद्धारका सामाग्री साथमा लगेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले बताए ।

बिज्ञापन

सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार प्रभावित क्षेत्रहरूमा विभिन्न युनिटबाट टोलीहरू खटिएका छन्। उनका अनुसार,उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं १९ गुल्म नुवाकोट, युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, धादिङ गुल्म, विपद् व्यवस्थापन बेस आदमघाट र नं १७ गण चितवनबाट सुरक्षाकर्मीहरू प्रभावित क्षेत्रमा पुगेका छन्। बाढी र डुबानमा परेका नागरिकको खोजी तथा सुरक्षित स्थानान्तरणका लागि यी टोलीहरूले सक्रियतापूर्वक काम गरिरहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवा भन्सारका दुई दर्जन कर्मचारी सम्पर्कविहीन

सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक

टिमुरे बजार तहस नहस,उद्धारको पर्खाइमा २ सय स्थानीय

विपद् प्रभावित क्षेत्रमा उद्धारका लागि प्रहरीको ठूलो संख्यामा टोली परिचालन

पुण्य कर्ममा ब्रह्माकुमारी : आठ हजार छ सय ९४ पिन्ट रगत संकलन

रसुवामा भीषण बाढी : कहाँ- कहाँ भयो क्षती ?

सदाचारको कसीमा सुशासन

निजामती कर्मचारीको मात्र किन काटिँदैछ दरबन्दी ?

बिशेष