विमानस्थलबाट पक्राउ परे दुई कर्मचारी

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ परेका छन् । मलेसिया हिँडेका नेवानीका २ कर्मचारीलाई प्रहरीले एयरपोर्टबाटै पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौँ–२६ बस्ने ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका–३ बस्ने ३५ वर्षीया ममता पाण्डे रहेका छन् ।

बिज्ञापन

पक्राउ परेको दुबै कर्मचारीहरु आर्थिक प्रशासन विभागमा कार्यरत छन् । पक्राउ परेका कर्मचारीहरुबाट अमेरिकी डलर ४३०० र पाण्डेबाट ४२०० बरामद भएको छ । तोकिएको भन्दा धेरै विदेशी मुद्रा बोकेर उनीहरू मलेसिया जान लागेको भेटिएको छ । राष्ट्र बैङ्कको मापदण्ड अनुसार ५ हजार डलर भन्दा धेरै विदेशी मुद्रा लैजान पाइँदैन । प्रहरीले बज्राचार्यको साथबाट १२ हजार ३ सय ७२ मलेसियन रिंगेट र ४ हजार ३ सय अमेरिकी डलर बरामद गरेको छ । पाण्डेको साथबाट प्रहरीले ४२ सय अमेरिकी डलर र १२ हजार ३२८ रिंगेट बरामद गरेको छ ।
थप अनुसन्धानका लागि उनीहरूलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सिंहदरबार र लोक सेवा आयोगका माननीयज्यूमा एउटा जीवित लासको खुल्ला पत्र

पहिला ठेक्का,अहिले टेण्डर

पालिका आगजनीमा कर्मचारीकै संलग्नता

प्रतिनिधि सभामा भोलि तीन वटा विद्येयक पेश हुँदै

भोटेकोशीको रौद्रता –प्रकाशचन्द्र खतिवडा

ललितपुरमा ठूलो परिमाणमा ट्रामाडोल बरामद, महिला र दुई पुरुष पक्राउ

मन्त्री वाग्लेलाई बदनाम गराउने कर्मचारीको खेल, मुस्ताङमा धमाधम ‘आफ्ना मान्छे’ सरुवा

एयरपोर्ट भन्सारमा तीन एजेन्टको ‘राज’ :सामान छुटाउनैपर्ने बाध्यताले महँगिँदै उपभोग्य वस्तु

बिशेष