कर्णाली अटोमोबाइल्स एशोसिएशनको नयाँ नेतृत्व : यस्ता छन् नयाँ योजना

​कर्णाली अटोमोबाइल्स एशोसिएशन नेपालको अध्यक्षमा इन्द्रबहादुर खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। तीन वर्षे कार्यकालका लागि चयन भएको नयाँ टिमले कर्णाली क्षेत्रमा अटोमोबाइल्स क्षेत्रको विकास, व्यवसायीको हकहित र सबै जिल्लामा बलियो व्यावसायिक सञ्जाल निर्माण गर्ने योजना अघि बढाएको जनाइएको छ । व्यवसायीका समस्या सम्बोधन गर्न सम्बन्धित सरकारी निकाय र नाडाको केन्द्रीय समितिसँग समन्वय गरिने अध्यक्ष खड्काले जनाए ।

बिज्ञापन

उनका अनुसार,​कार्यसमितिको कार्यसम्पादनलाई प्रभावकारी बनाउन मासिक बैठकको पालोपालो नेतृत्व गर्ने र कामको आधारमा तीनवटा टिमबीच स्वस्थ प्रतिस्पर्धा गराएर पुरस्कृत गर्ने योजना अगाडि सारिएको छ । यस्तै, वर्षभरि ट्राफिक सचेतना, आजीवन सदस्यता विस्तार र संगठन सुदृढीकरणलाई मुख्य कार्यक्रमको रूपमा सञ्चालन गरिनेछ।

बिज्ञापन

​हालै सम्पन्न साधारणसभाबाट नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रकाशकुमार शाही, रामबहादुर खड्का र गोपाल पौडेल, महासचिवमा सैयद अन्वर अलि, सचिवमा अर्जुन दाहाल, कोषाध्यक्षमा राजन ओली तथा सदस्यहरूमा सूर्य थापा, उमेश विष्ट, हरि पौडेल र जनकराज गिरी चयन भएका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सिंहदरबार र लोक सेवा आयोगका माननीयज्यूमा एउटा जीवित लासको खुल्ला पत्र

पहिला ठेक्का,अहिले टेण्डर

पालिका आगजनीमा कर्मचारीकै संलग्नता

प्रतिनिधि सभामा भोलि तीन वटा विद्येयक पेश हुँदै

भोटेकोशीको रौद्रता –प्रकाशचन्द्र खतिवडा

ललितपुरमा ठूलो परिमाणमा ट्रामाडोल बरामद, महिला र दुई पुरुष पक्राउ

मन्त्री वाग्लेलाई बदनाम गराउने कर्मचारीको खेल, मुस्ताङमा धमाधम ‘आफ्ना मान्छे’ सरुवा

एयरपोर्ट भन्सारमा तीन एजेन्टको ‘राज’ :सामान छुटाउनैपर्ने बाध्यताले महँगिँदै उपभोग्य वस्तु

बिशेष